News Portal

सरकार आफ्नै भार थेग्न नसक्ने भइसक्यो : भट्टराई

६२७ पटक

विकास मरहट्टा
गोरखा – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अल्पज्ञानका कारण सरकार असफल भएको बताएका छन् । केपी ओली सरकारले एक बर्षमा केही काम गर्न नसकेको भन्दै उनले जनताले चाँडै विकल्प खोज्ने बताए ।

सदरमुकाममा सोमबार आयोजित कार्यक्रममा भट्टराईले भने, ‘यो सरकारले आफ्नै भार थेग्न नसक्ने भइसक्यो, यही बाटोमा हिड्यो भने भविश्य राम्रो छैन ।’

शान्ति सुरक्षाको अनुभूति गराउन नसकेको तथा बलात्कार, हत्या, हिंसा जस्ता अपराधिक क्रियाकलाप बढेको भन्दै उनले सरकारको आलोचना गरेका छन् ।

बुढीगण्डकीमा कमिसनको खेल

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सरकारले कमिसन खाएर बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दिएको आरोप लगाए । ‘आ–आफ्नो स्वार्थ पुरा गर्न आयोजनालाई भकुन्डो जस्तो बनाएर सरकार पिच्छे विभिन्न निजी क्षेत्रलाई जिम्मा दिँदै आएका छन्,’ उनले भने ।

कमिसनको खेलमा कालोसूचीमा परेको चीनको गेजुवालाई दिइएको उनको दाबी छ । आयोजना निर्माण भए बाबुरामले जस पाउँछ भन्ने सरकारको संक्रिण सोच रहेको भन्दै उनले यस्तो गलत ढंगले नसोच्न आग्रह समेत गरेका छन् ।

केन्द्रले अधिकार छाड्न खोजेन

नयाँ शक्तिका संयोजक भट्टराईले केन्द्रीय सरकारले आफ्नो अधिकार छाड्न नखोज्दा समस्या भएको बताए ।वित्तिय आयोग बनाएर तीन तहको सरकारलाई अधिकार वाँडफाँट गर्न नसकेको उनको भनाइ छ ।

‘संघीयता भनेको काँक्रा चिरेजस्तो राज्यलाई चिर्न खोजेको मात्र होइन । यो भनेको केन्द्रमा रहेको अधिकार जनतासम्म पुर्‍याउने एउटा विधि हो’ उनले भने, ‘तर, आयोग बनाएर सरकारले अधिकार बाँडफाँट गर्न सकेन ।’

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...