News Portal

रामेछापको लिखु तामाकोसी गाउँपालिकाले माग्यो ठुलो संख्यामा कर्मचारी (सूचना सहित)

हिमालीसंचार संवाददाता
२४० पटक

पुष्कर खड्का/रामेछाप – रामेछापको लिखु तामाकोसी गाउँपालिकाले ठूलो संख्यामा करारको कर्मचारी माग गरेको छ। गाउँपालिकाले एक सूचना प्रकाशन गरी एकै चरणमा ६७ जना करारको कर्मचारी माग गरेको हो । गाउँपालिकाले जारी गरेको सूचनामा गत भदौ १५ गते बसेको गाउँकार्यपालिको बैठकको निर्णय अनुसार करारको कर्मचारी राख्न सूचना प्रकाशित गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले इन्जिनियर  १ जना, सूचना तथा प्रविधि अफिसर  १ जना, रोजगार संयोजक १ जना, सबइन्जिनियर १ जना, प्राविधिक सहायक १ जना, रोजगार सहायक १ जना, प्राविधिक सहायक कृषि १ जना, प्राविधिक सहायक पशु १ जना र हेल्थ असिस्टेन्ट ४ जना, अहेब ६ जना, अनमी ७ जना, नायब सहयाक कृषि २ जना, नायब प्राविधिक सहायक पशु २ जना, सहायक कम्प्युटर अपरेटर ८ जना, असिस्टेन्ट सबइन्जिनियर ४ जना कर्मचारी माग गरेको छ।

त्यस्तै, गाउँपालिकाले ६७ जनामध्ये श्रेणी विहीन २२ जना कार्यालय सहयोगी र ४ जना हलुका सवारी चालक कर्मचारी माग गरेको छ । गाउँपालिकाले माग गरेको कार्यालय सहयोगी र हलुका सवारी चालक कर्मचारीले लिखित परीक्षा दिनुनपर्ने गाउँपालिकाले जारी गरेको कर्मचारी मागको सूचनामा उल्लेख गरिएको छ।

( हेर्नुहोस सूचना )

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...