
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. ४ चोप्राह सिमा नाकाबाट एक जना युवालाई सशस्त्र प्रहरी बल रंगेलीले ब्राउन सुगर सहित पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल बिओपी रंगेलीले ब्राउन सुगर सहित कानेपोखरी वडा नं. ५ स्थायी ठेगाना भएको बमबहादुर सार्कीको छोरा २९ बर्षीय सन्तोष चयलकोटी भारतीय नाकाबाट नेपाल तर्फ आउदै गरेको मे १ प २६५२ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेका हुन्।
उनले मोटरसाइकलको चक्काको धरनामा लुकाई छिपाइ नेपाल तर्फ ल्याउदै गरेको २ ग्राम १ सय २० मिलिग्राम ब्राउन सुगर, एक थान मोबाइल र ३ सय ५० रुपैया नगद सहित सशस्त्र प्रहरी बल बिओपीले पक्राउ गरेको हो। पक्राउ परेका युवालाई इलाका प्रहरी कार्यालय रंगेलीमा बुझाएको सशस्त्र प्रहरी बल बिओपीका रंगेली प्रमुख निगम राईले हिमालीसंचारडटकमसंग बताए।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
