News Portal

हङकङको जोर्डनमा झडप हुदा एक पाकिस्तानी नागरिकको मृत्यु

हिमालीसंचार संवाददाता
५३६९ पटक

युवा राई/हङकङ – चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा आज ग्याङ फाईट हुदा सोमवार विहान एक पाकिस्तानी नागरिकको मृत्यु भएको छ। आज बिहान करिब ४ः०० बजे ३५ वर्षीय पाकिस्तानी नागरिकलाई याउ मा’तेइको जोर्डन रोडमा रहेको न्यू लक्कि हाउसबाट बहिर निस्कने बितिक्कै ४ जना युवाले आक्रमण गर्दा उनको मृत्यु भएको हो।

जोडर्नमा भएको झडपमा २ जना युवाले धारिलो चक्कनु प्रहार गरेका थिए। घाइते भएका पिडीत करिब १ सय मिटरसम्म भाग्ने प्रयास गर्दा गर्दै पार्केस स्ट्रिटको जंक्शनमा ढलेको स्थानीय संचार माध्यमहरुले जनाएको छ । धाइते युवाको क्विन एलिजाबेथ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

घटनास्थलमा रगतको दाग, कोट र रगतले लतपतिएको एकजोडी चप्पल घटना स्थलमा भेटिएको छ। अहिले घटनास्थलमा प्रहरीले अनुसन्धानका लागि थप प्रमाणहरू जुटाई रहेको छ।  प्रहरीले सीसीटीभी फुटेजको अनुसन्धान गरिरहेको छ। घटनालाई प्रहरीले हत्याको रूपमा वर्गीकृत गरेको छ। याउ चिम जिल्ला प्रहरी जासूसहरुले घटनामा संलग्नहरुको थप अनुसन्धान र खोजी गरिरहेको छ। 

प्रतिकृया दिनुहोस्

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...