News Portal

  • हङकङको जोर्डनमा झडप हुदा एक पाकिस्तानी नागरिकको मृत्यु

    हिमालीसंचार संवाददाता
    ५३१२ पटक

    युवा राई/हङकङ – चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा आज ग्याङ फाईट हुदा सोमवार विहान एक पाकिस्तानी नागरिकको मृत्यु भएको छ। आज बिहान करिब ४ः०० बजे ३५ वर्षीय पाकिस्तानी नागरिकलाई याउ मा’तेइको जोर्डन रोडमा रहेको न्यू लक्कि हाउसबाट बहिर निस्कने बितिक्कै ४ जना युवाले आक्रमण गर्दा उनको मृत्यु भएको हो।

    जोडर्नमा भएको झडपमा २ जना युवाले धारिलो चक्कनु प्रहार गरेका थिए। घाइते भएका पिडीत करिब १ सय मिटरसम्म भाग्ने प्रयास गर्दा गर्दै पार्केस स्ट्रिटको जंक्शनमा ढलेको स्थानीय संचार माध्यमहरुले जनाएको छ । धाइते युवाको क्विन एलिजाबेथ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

    घटनास्थलमा रगतको दाग, कोट र रगतले लतपतिएको एकजोडी चप्पल घटना स्थलमा भेटिएको छ। अहिले घटनास्थलमा प्रहरीले अनुसन्धानका लागि थप प्रमाणहरू जुटाई रहेको छ।  प्रहरीले सीसीटीभी फुटेजको अनुसन्धान गरिरहेको छ। घटनालाई प्रहरीले हत्याको रूपमा वर्गीकृत गरेको छ। याउ चिम जिल्ला प्रहरी जासूसहरुले घटनामा संलग्नहरुको थप अनुसन्धान र खोजी गरिरहेको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...