News Portal

  • ताप्लेजुङमा ढुङगाले लागेर स्काभेटर खोलामा खस्यो, चालक भागेर बाँच्न सफल

    हिमालीसंचार संवाददाता
    २६८ पटक

    सिमोन भट्टराई/ताप्लेजुङ – ताप्लेजुङमा पहरो फुटाउने क्रममा रहेको स्काभेटर मेसिन पल्टिएर कावेली नदीमा झरेको छ । कावेली ३ हाइड्रो पावर कम्पनीको मेसिन बुधबार खोलामा खसेको हो ।

    स्थानीय यामनाथ बुढा क्षेत्रीका अनुसार काम गरेको स्थानदेखि करिब पाँच सय मिटर तल नदीको बीचमा पुगेर रोकिएको छ । हाइड्रो पावर कम्पनीका प्रबन्धक राजेन्द्र भारतीका अनुसार स्काभेटर खस्दा चालक विकास थापा भाग्न सफल भएका छन् । ‘काम गर्दैगर्दा माथिबाट पहरो फुटेर झरेछ,’ भारतीले भने, ‘त्यसले मेसिन पल्टाएपछि विकास उफ्रेर भाग्न सफल हुनुभयो ।’ सामान्य घाइते भएका उनको तेल्लोक प्राथमिक उपचार केन्द्रमा उपचार गराइएको भारतीले बताए ।

    यही नदीबाट बिजुली निकाल्नका लागि आवश्यक सडक खन्ने क्रममा रहेको भारती बताउँछन् । यस ठाउँमा कावेली भुगोल इन्फ्रास्ट्रक्चर कम्पनीको मेसिनले काम गरिरहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...