News Portal

मेयर हर्क साम्पाङले सडकमा धाइते युवाकको प्राथमिक उपचार गरी हस्पिटल पठाए

हिमालीसंचार संवाददाता
४९० पटक

धरान – धरान नगरपालिकाको मेयर हर्कराज राई (साम्पाङ) धरान वडा नं. ११ तर्फ जादै गर्दा चतरा लाइनमा सात जनाको अज्ञात समुहले दुई जना सडक मानवमाथि आक्रमण गरिएको घाइते युवाको प्राथमिक उपचार गरी अस्पताल पठाएका छन्।

चतरा लाइन क्षेत्रमा दुई जना सडक मानव युवामाथि अज्ञात समुहले आक्रमण गरी घाइते बनाई उनीहरुसंग भएको अढाई सय रुपैया समेत लुटेर लगेको उनीहरुले बताएका छन् । चतरा लाइन सडकमा धाइते अबस्थामा भेटिएका युवाको नगर प्रहरी र मेयर राईले प्राथमिक उपचार गरी अस्पताल पठाउन पहल गरे। 

धरानमा लागु औषध विरुद्ध अभियान संचालन गरिरहेका मेयर राईले सरकारका लागि समेत यस्ता विषय चुनौति रहेको बताए। सडकमा भेटिएका लागु औषध दूर्व्यावसानीहरुलाई मानव आश्रममा पुर्याए पनी भागेर सडकमै पुग्ने बताएका मेयर राईले निर्माणका कामहरु गरेर बाच्न सकिने भनी सम्झाउदा त्यस्ता क्षेत्रमा नयालाई काम नदिने उनीहरुको गुनासो थियो। 

उनीहरु मदिराले लठ्ठ देखिन्थ्ये । घाइते भएका रुकमान राईको टाउको दाया पट्टी सामान्य चोट लागेको थियो। उनीहरुले लोकल रक्सि सेवन गरेको स्वीकार गरेका थिए। उनीहरुले आक्रमणकारी अपरिचित रहेको बताए पनी सडक मानवबीच आपसी झगडा भएको हुन सक्ने स्थानीयले बताए। 

प्रतिकृया दिनुहोस्

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...