
धरान – धरान नगरपालिकाको मेयर हर्कराज राई (साम्पाङ) धरान वडा नं. ११ तर्फ जादै गर्दा चतरा लाइनमा सात जनाको अज्ञात समुहले दुई जना सडक मानवमाथि आक्रमण गरिएको घाइते युवाको प्राथमिक उपचार गरी अस्पताल पठाएका छन्।
चतरा लाइन क्षेत्रमा दुई जना सडक मानव युवामाथि अज्ञात समुहले आक्रमण गरी घाइते बनाई उनीहरुसंग भएको अढाई सय रुपैया समेत लुटेर लगेको उनीहरुले बताएका छन् । चतरा लाइन सडकमा धाइते अबस्थामा भेटिएका युवाको नगर प्रहरी र मेयर राईले प्राथमिक उपचार गरी अस्पताल पठाउन पहल गरे।
धरानमा लागु औषध विरुद्ध अभियान संचालन गरिरहेका मेयर राईले सरकारका लागि समेत यस्ता विषय चुनौति रहेको बताए। सडकमा भेटिएका लागु औषध दूर्व्यावसानीहरुलाई मानव आश्रममा पुर्याए पनी भागेर सडकमै पुग्ने बताएका मेयर राईले निर्माणका कामहरु गरेर बाच्न सकिने भनी सम्झाउदा त्यस्ता क्षेत्रमा नयालाई काम नदिने उनीहरुको गुनासो थियो।
उनीहरु मदिराले लठ्ठ देखिन्थ्ये । घाइते भएका रुकमान राईको टाउको दाया पट्टी सामान्य चोट लागेको थियो। उनीहरुले लोकल रक्सि सेवन गरेको स्वीकार गरेका थिए। उनीहरुले आक्रमणकारी अपरिचित रहेको बताए पनी सडक मानवबीच आपसी झगडा भएको हुन सक्ने स्थानीयले बताए।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
