News Portal

दरौदी नदीमाथि निर्मणाधिन पुलबारे अख्तियारको चासो

हिमालीसंचार संवाददाता
२९४ पटक

गोरखा – पहुँचका भरमा सडकबिनै बनेको पक्की पुलका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । सडकले नजोडेको स्थानमा सिरानचोक गाउँपालिका वडा नं. ५ जरेवर र गोरखा नगरपालिका वडा नं. ३ नारेश्वर जोड्ने दरौदी नदीमाथि बनेको पुलबारे अख्तियारले छानबिन अघि बढाएको हो ।

गण्डकी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बजेट व्यवस्था गरेर पुल निर्माण गरेको हो। अख्तियारको केन्द्रीय कार्यालयबाट आएको प्राविधिकसहितको टोलीले पुलको स्थलगत निरीक्षण गरिसकेको छ । पुल निर्माणको योजना कार्यान्वयन गर्ने पूर्वाधार कार्यालयसँग पनि प्रमाणित कागजातसहितको फाइल झिकाएको अख्तियारले जनाएको छ । 

स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयका तत्कालीन समयका केही कर्मचारीसँग सोधपुछ गर्ने अख्तियारको तयारी छ । छानबिनका क्रममा रहेका हुनेले अख्तियारले यस विषयमा बढी खुलाउन चाहेन । पूर्वाधार कार्यालय गोरखाका प्रमुख ओमराज ढुंगानाले अख्तियारले मागेअनुसारको विवरण पठाइसकेको जानकारी दिए । 

अख्तियारको टोलीले पूर्वाधार कार्यालयसँग योजना सुरु हुँदाको प्रक्रियाबारे पनि जिज्ञासा राखेको उनले बताए। जरेवर–नारेश्वर–गोरखा बजार सडक खण्डअन्तर्गत दरौदी नदीमाथि ५ करोड ३९ लाखको लागतमा पुल निर्माण भएको छ । पुलको ९३ प्रतिशत काम सम्पन्न भइसकेको छ । 

२०७७ जेठमा निर्माण सुरु भएको पुल आगामी पुस महिनासम्म निर्माण सम्पन्न हपने लक्ष्य छ । पुल निर्माण सम्पन्न हुने चरणमा पुग्दासम्म दुवैतर्फ सडकले पुललाई जोडेको छैन । नारेश्वरतर्फ करिब सय मिटर दूरीमा सडक आइपुगेको छ । सडकबिनै पुल बनेको भन्दै सर्वत्र चासो र आलोचना भएपछि नारेश्वरतर्फ पुल र सडकबीचमा रहेको झाडी फाँडिएको छ ।

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...