
काठमाडौं – गोठाटार इङलिस् सेकेन्डरी स्कुलले एसईई दिएका २२ औं व्याज तथा २३ औं व्याजका विधार्थीहरुलाई अभिनन्दन तथा विदाई कार्यक्रम सम्पन्न गरिएको छ।
गोठाटार इङलिस् स्कुलले एसईई शैक्षिक सत्र २०७७ तथा २०७८ का ६० जना विद्यार्थीहरुलाई अभिनन्दन तथा सम्मान गरेको हो। उक्त अभिनन्दन तथा सम्मान कार्यक्रम सान ब्याङकेट खहरे चोक पेप्सिकोलामा सम्पन्न गरिएको हो।
गोठाटार इङलिस् स्कुल काठमाडौंको पूवी भेग गोठाटार हाल कागेश्वरी मनोहरा वडा नं.८ मा स्थित रहेको पुरानो स्कुल हो। यो विद्यालय गोठाटार क्षेत्रको पहिलो नीजि विद्यालयको रुपमा विस २०४४ सालमा स्थापना भएको हो।
गोठाटार इङलिस् स्कुल विगत ३४ वर्षदेखि निरन्तर रुपमा काठमाडौंको पूर्वी भेगमा परिचय बनाएका गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको शैक्षिक संस्था हो । यो विद्यालयले आफूलाई पूर्वी भेगमा परिचति बनाउदै, उच्च शिक्षा प्रदान गर्दै आएको छ। यस विद्यालयबाट २३ औं व्याजले सफलापूर्वक एसईई परिक्षामा राम्रो अकं ल्याउदै काठमाडौ तथा कागेश्वरी मनोहरा नगरक्षेत्रमा शैक्षिक धरोहरको रुपमा आफूलाई परिचित गराउन सफल भइरहेको छ।
गोठाटार इङलिस् स्कुलको एसईई अभिनन्दन र विदाई कार्यक्रममा विद्यालयका प्रिन्सिपल रामेश्वर दाहालको सभापतित्व कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नीजि विद्यालयहरुको छाता संगठन प्याब्सनका सचिव आरबी कटवाल थिए।
कार्यक्रममा प्याब्सन बागमति प्रदेशका वरिष्ठ अध्यक्ष मुरारी संजेल, फेकाका पूर्व अध्यक्ष अर्जुन खत्री, फेकाका सचिव किरण न्यौपाने, फेकाका पूर्व सचिव प्रदिप खनाल, फेकाका सदस्यहरु धिरज थापा, दिपेन अधिकारी लगायत स्कुलका भाइस प्रिन्सिपल राज खतिवडा, गोविन्द पुडासैनी लगायत विधालयका शिक्षकहरु, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
शैक्षिक सत्र २०७८ तथा २०७९ को एसईई विद्यार्थीहरुलाई कलेजका प्रिन्सीपल रामेश्वर दाहालले बधाई तथा शुभकामना दिदै विद्यार्थीहरुलाई सुरक्षित भविष्यको शुभकामना दिए। उपस्थित विद्यार्थीहरुलाई उज्वल भविष्यको लगनशील भएर सधै विद्यालयको नाम उच्च राख्न आग्रह गरे।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन सचिव आरबी कटवाल विद्यार्थीहरुमा बधाई दिदै थप शैक्षिक यात्राको अग्रिम शुभकामना । कक्षा १० पास माध्यामिक तहको पास होइन तपाईहरुको कक्षा १२ पास आइरन गेट हो। थप मेहनत गर्न तथा देशमा केही गर्ने दायित्व विद्यार्थीहरुलाई सिकाउदै नेपाली विद्यार्थीहरुको विदेशीने परम्परा हटाउदै देशमा केही योगदान गर्ने वातावरण बनाउन पर्नेमा जोड दिए।
त्यस्तै, खेलकूद विश्वविद्यालयको स्थापना पहल चालिएको जानकारी दिए। अन्य अतिरिक्त त्रियाकलापमा पनि विद्यार्थीहरुलाई सहभागिता गराउनुपर्नेमा जोडदिए। कार्यक्रमा विद्यालयका भाइस प्रिन्सिपल राज खतिवडाले स्वागत मन्तव्य राख्दै विद्यार्थिहरुलाई बधाई दिए। स्कुलले दिएको गुणस्तरिय शिक्षा तथा मायालाई आत्मसाथ गर्दै सधै प्रगतिपथमा लाग्न आग्रह गरे। खतिवडाले विद्यालयले सधै अब्बल बन्न प्रेरित गराउने वातावरण सिर्जना गरेको गोठाटार इङ्लिस स्कुलले विद्यार्थीहरुको शैक्षिक संगै अतिरिक्त क्रियाकलपमा समेत ध्यानमा राख्दै गुणस्तरीय शिक्षामा जोड दिदै आएको जानकारी दिए ।
विद्यालयको अभिन्दन तथा बधाई कार्यक्रममा विद्यालयमा विगत २४ वर्ष सम्म योगदान दिएका शिक्षक दिपक लुँइटेललाई विशेष सम्मान गरिएको थियो। २२ औं र २३ औं व्याजका एसईई विद्यार्थीहरुलाई पनि विशेष मायाको चिनो प्रदान गरिएको थियो । उपस्थित अतिथिहरुमा मायाको चिनोले सम्मान पनि गरिएको थियो ।
गोठाटार इङ्लिस् स्कुलमा ४ सय भन्दा माथि विद्यार्थीहरु अध्ययनरत छन । उत्कृष्ठ तथा गुणस्तरीय शिक्षाको लागि गोठाटार इङ्लिस् स्कुल शैक्षिक केन्द्र तथा सही गन्तव्य भएकाले गुणस्तरीय शिक्षा पाउन कलेजमा जोडिन भाइस प्रिन्सिपल खतिवडाले आग्रह गर ।