News Portal

दोलखाको माथिल्लो तामाकोशी आयोजनाको ड्याम साइडमा फेला परेको शवको पहिचान खुल्यो

हिमालीसंचार संवाददाता
३२२ पटक

पुष्कर खड्का/रामेछाप – दोलखाको माथिल्लो तामाकोशी आयोजनाको ड्याम साइडमा फेला परेको शवको पहिचान खुलेको छ । ड्याम साइडमा फेला परेको शव बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ४ का २१ वर्षीय रविन कार्की रहेको प्रहरीले पुष्टि गरेको छ ।

मृतक कार्की गत असार ७ गते विगु गाउँपालिका वडा नम्बर -१ देउरालीमा बाटो बनाउने क्रममा भिरबाट लडेर बेपत्ता भएका कार्कीको शव हिजो आइतबार गोताखोरको टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय दोलखाको प्रहरी निरिक्षक राजेश सिक्देलले जानकारी दिए। प्रहरी निरीक्षक सिक्देलले दिएको जानकारी अनुसार उक्त शव अहिले पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएको र कार्कीको परिवार आएपछि शव बुझाइने बताए। 

त्यस्तै, रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका रमेश बस्नेत बोटिङ् गर्ने क्रममा माथिल्लो तामाकोशी जलविद्युत प्राधिकरणको ड्यामसाइड्मा गत साउन २२ गते बेपत्ता भएका बस्नेतको खोजीको लागि पुगेको गोताखोरको टोलीले आइतबार कार्कीको शव फेला पारेको दोलखा प्रहरी जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...