News Portal

  • रूपन्देहीमा मृत्यु भएको मानिस पुन:जीवित गराएको सार्वजनिक भिडियोबारे अनुसन्धान हुने

    हिमालीसंचार संवाददाता
    ४९४ पटक

    काठमाडौं – रुपन्देहीमा मृत्यु भएको भनिएको व्यक्तिलाई बुटवलको एक चर्चमा ‘जीवित’ गराइएको भन्दै सामाजिक सञ्जालमार्फत् भिडियो सार्वजनिक भएपछि रूपन्देही जिल्ला प्रशासन कार्यालयले उक्त भिडियोबारे अनुसन्धान गर्ने भएको छ।

    रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यसरी भ्रम फैलाउनु दण्डनीय भएको बताउँदै यसबारे थप अनुसन्धान अघि बढाउने बताए। ‘भिडियो सार्वजनिक भएपछि हामीले यसबारे थाहा पायौं। यस्ता काम जोकोहीले पनि गर्नु कानुनी हिसाबले दण्डनीय छ। यसबारे के रहेछ अनुसन्धान हुनेछ।’

    सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा बुटवलको होली क्यालभरी चर्चका पास्टरले मृत व्यक्तिलाई पुनःजीवित गराएको भनिएको छ। विवेक सत्याल नामका फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेको भिडियोमा भुइँमा सुतेकी (मृत भनिएकी) महिलालाई एक पुरूषले केही शब्दहरू भन्दै हातले तानेर उठाएको देखिन्छ।

    सार्वजनिक भिडियोमा पास्टर भनिएका राजेन्द्र गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनःजीवित गराएको’ भन्दै ‘यशुलाई धन्यवाद दिन’ भनेका छन्। गोतामेसँगै वरिपरि केही महिला तथा पुरूषहरूले समेत केही भन्दै गरेको भिडियोमा प्रस्ट देखिन्छ।

    सार्वजनिक भिडियोमा मृत भनिएकी महिला उठेपछि उनकी सासूलाई अगाडि बोलाएर ‘विभिन्न अस्पताल लगेर लाखौं रूपैयाँ खर्च गरी उपचार गर्दा पनि निको नभएको’ भन्न लगाइएको छ। सासू भनिएकी ती वृद्धाले बोल्दै गर्दा पास्टर राजेन्द्र गोतामेले ‘एम्बुलेन्समा राखेर काठमाडौं लैजाँदासमेत निको नभएको तर ५/६ लाख खर्च भएको आफूले सुनेको’ भन्न लगाएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...