News Portal

रामेछापको गोकुलगंगा गाउँपालिकबाट ठोसेका पहिरो पिडितलाई राहत वितरण

हिमालीसंचार संवाददाता
३०७ पटक

पुष्कर खड्का रामेछाप – जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेस्थित एकामफेदिमा शुक्रबार अविरल बर्षासँग आएको बाढी पहिरोको कारण पचास लाख भन्दा बढीको क्षति भएको छ।

शुक्रबार साँझ ठोसे शिवालयको एकामफेदी बाहुनटोल स्थित रहेको नासिङ खोल्सामा माथिबाट पहिरोसँग आएको बाढीको कारण २ वटा घर बगाएको छ भने तीन वटा घरमा बाढीले क्षति पुर्याएको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश ) ले जानकारी दिनु भयो।

अध्यक्ष खड्काले दिएको जानकारी अनुसार बाढीबाट विस्थापित परिवारले आज गाउँपालिकाले आवश्यक राहतको सामाग्री वितरण गरिएको बताउनु भयो।

त्यस्तै जिल्ला प्रहरी कार्यालय रामेछापको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मन्थलीबाट पीडित परिवारको लागि आवश्यक राहतको सामाग्री पीडित परिवारलाई हस्तान्तरण गरिएको छ। पिडत परिवारलाई सनिवार अस्थायी वास्थानको निर्माण गरि व्यवस्थापन गरिने अध्यक्ष खड्काले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...