News Portal

रामेछापको गोकुलगंगा गाउँपालिकबाट ठोसेका पहिरो पिडितलाई राहत वितरण

हिमालीसंचार संवाददाता
२७१ पटक

पुष्कर खड्का रामेछाप – जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेस्थित एकामफेदिमा शुक्रबार अविरल बर्षासँग आएको बाढी पहिरोको कारण पचास लाख भन्दा बढीको क्षति भएको छ।

शुक्रबार साँझ ठोसे शिवालयको एकामफेदी बाहुनटोल स्थित रहेको नासिङ खोल्सामा माथिबाट पहिरोसँग आएको बाढीको कारण २ वटा घर बगाएको छ भने तीन वटा घरमा बाढीले क्षति पुर्याएको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश ) ले जानकारी दिनु भयो।

अध्यक्ष खड्काले दिएको जानकारी अनुसार बाढीबाट विस्थापित परिवारले आज गाउँपालिकाले आवश्यक राहतको सामाग्री वितरण गरिएको बताउनु भयो।

त्यस्तै जिल्ला प्रहरी कार्यालय रामेछापको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मन्थलीबाट पीडित परिवारको लागि आवश्यक राहतको सामाग्री पीडित परिवारलाई हस्तान्तरण गरिएको छ। पिडत परिवारलाई सनिवार अस्थायी वास्थानको निर्माण गरि व्यवस्थापन गरिने अध्यक्ष खड्काले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...