
धरान – धरान उपमहानगपालिकाका मेयर हर्कराज राई (सामापाङ) ले धरानको सडकमा फोहोर नभएको बताएका छन्। उनले ग्यालेक्सी फोरकेबाट प्रसारित समाचार झुटो भएको आफ्ना सामाजिक संजाल फेसबुकपेज मार्फत जानकारी दिएका मेयर राईले काठमाडौको फोहोर जबसम्म उठ्दैन तबसम्म प्रहार गरिरहने बताएका छन् ।
धरानको ल्याण्डफिल साइटमा भएको फोहोरलाई देखाएर गतल सूचना सम्प्रेषण गरेका भन्दै संचारकर्मीलाई समेत सत्य तथ्य समाचार प्रवाह गर्न अनुरोध गरेका थिए। उनले आज शुक्रबार विहान टि टाईममा आफ्नो फेसबुकपेज मार्फत लाइभमा बोल्दै इटहरी दुर्गन्धित भनेर आएको समचार समेत झुटो भएको बताए। धरानको जंगलमा भएको फोहोर देखार भ्रमित समाचार सम्प्रेशन गरेको बताए।
सामाजिक संजाल फेसबुकपेज मार्फत लाइभमा बोल्दै उनले कसैले बाटोमा फोहोर फालेको खण्डमा फोहोर फाल्नेलाई जरिवाना तिराउने नियम रहेको उल्लेख गरेका मेयर राईले धरानमा फोहोर छैन भन्दै जिकिर गरेका थिए। उनले धरानमा फोहोर छ या भेटियो भने मलाई खबर गर्नुस् म ५ मिनेटमा उठाउन लगाउँछु।’
आज शुक्रबार श्रीकृष्ण जन्माष्टमी सार्वजनिक विदा भएको हुदा ११ बजे निशाने खोला धरानका वनजंगलमा श्रम गर्न आउन धराने जनतालाई आह्वान समेत गरे। उनले यो फेसबुक लाइभ विशेष गरेर आफ्नो विरोधिहरुका लागि रहेको बताएका मेयर राईले काठमाडौंका फोहोर व्यावस्थापन नभएसम्म धरानले मात्र होइन चारै तिरबाट प्रहार गर्नु पर्ने धारणा समेत राखेका थिए।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
