News Portal

सहकारीका अध्यक्ष रामकृष्ण अधिकारीले बचत कर्ताको रकम ठगी गरेको आरोपमा पक्राउ

हिमालीसंचार संवाददाता
४५२ पटक

काठमाडौ – धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर ५ फुलखर्क निवासीघर भई हाल हेटौंडा–८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारीलाई प्रहरीले सहकारी बचत कर्ताको रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उनी हेटौंडास्थित जनचेतना स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन्।च्याउसरि उम्रेका सहकारी संस्थाहरुले ठगी गरेको यो भने पहिेेलो घटना होइन।सहकारी संस्था प्रति जनताको विश्वास घट्दै गएको स्थितिमा यसरी सञ्चालकबाटै बचत रकम लिएर फरार भएपछि अब जनताले सहकारी संस्था प्रति कसरी विश्वास गर्ने।

यस्तै पक्राउ पर्नेमा सहकारीका कोषाध्यक्ष हेटौंडा–८ का ३२ वर्षीय राजीव घलान पनि छन् । हेटौंडा उपमहानगरपालिका–२ स्थित जनचेतना स्वाबलम्बन बचत तथा ऋण सहकारी लिमिटेडमा बचतकर्ताहरुले बचत गरेको करिब ७० लाख रुपैयाँ हिनामिना गरेको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता टेक बहादुर कार्कीका अनुसार अधिकारी र कोषाध्यक्ष घलान विरुद्ध ४० जनाले जाहेरी दिएका छन् । यो संख्या बढेर ५ सय जना पुग्न सक्ने कार्कीको अनुमान छ । ‘पीडितहरुको जाहेरीको आधारमा हामीले पक्राउ गरेका हौँ । उहाँहरु विरुद्ध अहिले करिब ६० लाख रुपैयाँ ठगीको आरोप छ । यो अझै बढेर जाने हाम्रो आंकलन छ।उनले भने।
अध्यक्ष अधिकारी र कोषाध्यक्ष घलानले पीडितहरुको पासबुक समेत कब्जा गरेर राखेको आरोप छ।सहकारीमा बचत गर्दै आएकी हेटौंडा–१८ की कमला बिडारी, हेटौंडा–२ की बबिता श्रेष्ठलगायतले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सहकारी सञ्चालकविरुद्ध साउन २४ मा उजुरी दिएका थिए । उजुरीमा उनीहरूले आफूहरूको पैसा फिर्ता माग्दा नदिइएको उल्लेख गरेका थिए । अध्यक्ष र कोषाध्यक्षविरुद्ध प्रहरीमा जाहेरी दिनुअघि उनीहरूलाई साउन २० गते सटही हुने गरी चेक दिइएको थियो । तर चेक नसाटिएपछि उनीहरूले साउन २४ मा प्रहरीमा उजुरी दिएका हुन्। प्रशासनबाट सहकारी सिलबन्दी गरिएको छ।बचतकर्ताहरुले रिसको आवेगमा आएर सहकारीको बोर्ड समेत निकालिदिएको छ

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...