News Portal

  • सहकारीका अध्यक्ष रामकृष्ण अधिकारीले बचत कर्ताको रकम ठगी गरेको आरोपमा पक्राउ

    हिमालीसंचार संवाददाता
    ३९५ पटक

    काठमाडौ – धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर ५ फुलखर्क निवासीघर भई हाल हेटौंडा–८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारीलाई प्रहरीले सहकारी बचत कर्ताको रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उनी हेटौंडास्थित जनचेतना स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन्।च्याउसरि उम्रेका सहकारी संस्थाहरुले ठगी गरेको यो भने पहिेेलो घटना होइन।सहकारी संस्था प्रति जनताको विश्वास घट्दै गएको स्थितिमा यसरी सञ्चालकबाटै बचत रकम लिएर फरार भएपछि अब जनताले सहकारी संस्था प्रति कसरी विश्वास गर्ने।

    यस्तै पक्राउ पर्नेमा सहकारीका कोषाध्यक्ष हेटौंडा–८ का ३२ वर्षीय राजीव घलान पनि छन् । हेटौंडा उपमहानगरपालिका–२ स्थित जनचेतना स्वाबलम्बन बचत तथा ऋण सहकारी लिमिटेडमा बचतकर्ताहरुले बचत गरेको करिब ७० लाख रुपैयाँ हिनामिना गरेको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता टेक बहादुर कार्कीका अनुसार अधिकारी र कोषाध्यक्ष घलान विरुद्ध ४० जनाले जाहेरी दिएका छन् । यो संख्या बढेर ५ सय जना पुग्न सक्ने कार्कीको अनुमान छ । ‘पीडितहरुको जाहेरीको आधारमा हामीले पक्राउ गरेका हौँ । उहाँहरु विरुद्ध अहिले करिब ६० लाख रुपैयाँ ठगीको आरोप छ । यो अझै बढेर जाने हाम्रो आंकलन छ।उनले भने।
    अध्यक्ष अधिकारी र कोषाध्यक्ष घलानले पीडितहरुको पासबुक समेत कब्जा गरेर राखेको आरोप छ।सहकारीमा बचत गर्दै आएकी हेटौंडा–१८ की कमला बिडारी, हेटौंडा–२ की बबिता श्रेष्ठलगायतले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सहकारी सञ्चालकविरुद्ध साउन २४ मा उजुरी दिएका थिए । उजुरीमा उनीहरूले आफूहरूको पैसा फिर्ता माग्दा नदिइएको उल्लेख गरेका थिए । अध्यक्ष र कोषाध्यक्षविरुद्ध प्रहरीमा जाहेरी दिनुअघि उनीहरूलाई साउन २० गते सटही हुने गरी चेक दिइएको थियो । तर चेक नसाटिएपछि उनीहरूले साउन २४ मा प्रहरीमा उजुरी दिएका हुन्। प्रशासनबाट सहकारी सिलबन्दी गरिएको छ।बचतकर्ताहरुले रिसको आवेगमा आएर सहकारीको बोर्ड समेत निकालिदिएको छ

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...