News Portal

धरानका मेयर हर्कराज राई (साम्पाङ) ले सय दिनको काम सार्वजनिक गरे

हिमालीसंचार संवाददाता
२८७ पटक

धरान – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई (साम्पाङ) ले सय दिनमा गरेका कामहरू अहिले विहान सामाजिक संजाल फेसबुक पेज मार्फत सार्वजनिक गरेका छन्।

मेयर राईले धरानमा एक सय दिनभित्र के-के काम गरियो भन्ने प्रश्न सोध्नेका लागि जवाफ भन्दै १३ बुदे कामका विवरण सार्वजनिक गरेका हुन्। मेयर राईले सामाजिक संजाल आफ्नो फेसबुक पेजबाट सार्वजिनक गरेका कामका विवरणमा श्रम संस्कृति क्रान्ति आफूले सुरू गरेको उल्लेख गरेका छन्।

मेयर राईले धरानको मुख्य समस्या खानेपानी, धरानका वनपाखाहरुमा वृक्षारोपण लगायत काममा स्थानीय बासिन्दाको श्रमदानलाई प्राथमिकता दिँदै हरेक शनिबार श्रमदान अभियान चलाएका छन्। उनले धरानका विधार्थीहरुका लागि समेत यो अभियान जरुरी रहेको समेत बताउदै आएका मेयर राईले सय दिनको प्रगति विवरण सार्वजनिक गरेका हुन्।

मेयर राईले सार्वजनिक गरेका विवरणमा भनेका छन् ‘नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरू गरेँ। चार ठाउँबाट खानेपानीको मुहान थप गरेँ। व्यापक जनपरिचालन र सामुदायिक सहभागीता जुटाएँ। छ लाख विरुवा रोपें। सरसफाइमा देखिने सुधार ल्याएँ।’

त्यस्तै, उनले नगरमा अन्य नविन कार्यको शुरु गरेको समेत बताएका छन्। “प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा पनि सुधार ल्याएको दाबी गरेका छन्। ‘जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें। बाटो मर्मत सम्भार, टटबन्धन, विपद व्यवस्थापन, लागुऔषध विरुद्धको अभियान सुरू गरेँ। योजनाहरुका लागि बजेटको जोहो गराएँ।” समेत बताएका छन् ।

उनले थप लेखेका छन्; ‘पारदर्शी हिसाबकिताब राखेर सार्वजनिक गरेको, पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएको, शिक्षा, स्वास्थ्य संस्थाहरुमा व्यापक सुधार ल्याएको उनले दाबी गरेका छन्। 

त्यस्तै, सामाजिक संजाल फेसबुक पेज मार्फत छिनछिनमा अपडेट दिईरहेका मेयर राईलाई आवश्यक भन्दा धेरै सामाजिक संजाल फेसबुक प्रयोग गरेको भनेर उनका समर्थकहरुले समेत यसरी राम्रो नभएको सुझाप सहित आवश्यक सचेत रहन अनुरोध गरेका छन् भने भिम उपाध्यले समेत “मेयर हर्क साम्पाङको फेसबुक आईडी ह्याक भएको खबर आयो।” भनेर व्याग्यात्मक सुझाप दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...