News Portal

मोरङको कानेपोखरी गाउँपालिकामा मनोमानी मल वितरण गर्दा स्थानीयले मल पाएनन्

हिमालीसंचार संवाददाता
३१८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको कानेपोखरी गाउँपालिका वडा नं. २ स्थित दलेली चोकमा रहेको पराजुली एग्रोभेटले मल वितरणमा नगरपालिकाको नियम कानून मिचेर मनोमानी मल विक्रीवितरण गर्दा स्थानीयले मल पाएनन्।

मंगलबार राती कृषि सामग्रीबाट एग्रोभेटले १ सय ८० वटा टोकन वितरण गरेको थिए । एग्रोभेटले ९० बोरा युरिया मल ल्याएको थियो। गाउँपालिकाले मल वितरणका लागि व्यापारीहरुलाई मूल्य र आवश्यक नियम समेत निर्घारण गरेको छ । नगरले युरियाको  प्रतिकेजी २० रुपैयाँ र एक बोराको मुल्य ९ सय रुपैयाँ निर्घारण गरेको थियो। वडामा मल ल्याएर जुन वडामा मल  ल्याईन्छ त्यहि  वडा बासिन्दालाई मात्रै मल वितरण गर्ने निर्देशन दिएको छ ।

तर, पराजुली एग्रोभेटले आफ्नो दोकानबाट जुन वडाको बासिन्दाले किटनाशक लगायत  सामान खरिद गरेर लैजान्छ उनीहरुलाई मल वितरण गरेको स्थानीय कृषक चुडामणी कोइरालाले हिमालीसंचारडटकमसंग बताए । कोइरालाको अनुसार आफू मल लिन जाँदा एग्रोभेट पराजुलीले भने तपाई मरोबाट केहि सामान किन्नुहुन्न तपाईलाई मल दिन नसकिने भन्दै पराजुलीले आफुलाई मल नदिएको दुखेसो पोखेका छन । 

त्यस्तै, अर्को कृषक महेश प्रसाद चौधरीले एग्रोभेटका पराजुलीलाई अरु वडाको किसानलाई किन मल दिनुहुन्छ भनेर प्रश्न गर्दा एग्रोभेटका संचालक मोहन पराजुलीले भने मेरो पुरानो ग्राहाक हो म दिन्छु भनेर ठाडो जवाफ दिएर  फर्काएको दुखेसो पोखेका छन । 

कानेपोखरी गाउँपालिकाको कृषि शाखाले मल बिक्रीवितरणका लागि जो सुकै व्यपारीले मल बिक्रीवितरण गर्दा आफ्नो वडाको जनप्रतिनिधिको रोहबरमा मल बिक्रीवितरण गर्नुपर्ने र मल कृषकलाई वितरण गर्दा १० बजेदेखि मात्रै बिक्री गर्ने सबै व्यपारी तथा सहकारीहरुलाई परिपत्र गरिएको भएता पनि पराजुली एग्रोभेटले भने आफू खुशी मल बिक्रीवितरण गरेको कृषि शाखा प्रमुख सागर पौडेलले बताए । 

नगरपालिकाको परिपत्रलाई बेवास्ता गरेर पराजुली एग्रोभेटले मल वितरणको गरेको आफुले समेत जानकारी पाएको र यसरी आफू खुशी मल बिक्रीवितरण गर्ने जुनसुकै ब्यक्ति वा संस्थालाई कार्वाहीको दायरामा ल्याइने र अनुमती पत्र समेत खारेज गर्ने शाखा प्रमुख सागर पौडेलले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...