News Portal

भतिजी बुहारीलाई जबर्जस्ती करणी गर्न खोज्ने रामेछाप उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवम् व्यवसायी कठायत मन्थलीबाट पक्राउ

हिमालीसंचार संवाददाता
२७९ पटक

पुष्कर खड्का रामेछाप –भतिजी बुहारीलाई जबर्जस्ती करणी गर्ने खोजेको अभियोगमा रामेछाप उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवम् व्यवसायी पवन कठायत मन्थलीबाट पक्राउ परेका छन्।

कठायतले आफ्नै भतिजी बुहारी बिनुलाई मन्थली नगरपालिका– १ मच्छेडाँडी नजिकैको आफ्नै घरमा जबर्जस्ती करणी गर्न खोजेको भन्दै कठायतविरुद्ध बिनुले गत साउन १५ गते रामेछाप प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

कठायतविरुद्ध बुहारीले प्रहरीमा जबर्जस्ती करणीमा जाहेरी दर्ता गराएको सुनेपछि पवन फरार भएका थिए । फरार रहेका कठायतलाई सुराकीको आधारमा सदरमुकाम मन्थलीबाट बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नावय उपरीक्षक राजकुमार थिङले जानकारी दिनु भयो।

करीव १ महिना अघि रामेछाप जिल्ला अदालतबाट कठायतका भतिज प्रदीप कठायत र बुहारी बिनु यादवबिच सम्बन्ध विच्छेदको फैसला भएको थियो। अदालतले जर्वजस्ती आफ्नो श्रीमान् सँगको सम्बन्ध बिच्छेद गराएको भन्दै रामेछाप जिल्ला अदालत भित्रै विनु यादवले बिष सेवन गरेकी थिइन।

बिष सेवन पछि तत्काल उनलाई मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचार पछि थप उपचारको लागि काठमाण्डौं लगिएको थियो । यादवलाई उनका काका ससुरा कठायतले अदालतले आज हाम्रो पक्षमा फैसला हुँदैछ, भन्दै आफु एक्लै बसिरहेको कोठामा पसि बलात्कार गर्न खोजेको र आफु बलात्कार प्रयासबाट उम्कन सफल भएको भन्दै बुहारी यादवले प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन्।पक्राउ परेका कठायतलाई आजै रामेछाप जिल्ला अदालतबाट म्याद थप गरि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...