News Portal

मोरङको रंगेलीमा रहेका वीरभद्रेश्वर महादेव र पञ्चेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भिड

हिमालीसंचार संवाददाता
२८७ पटक

रबिन्द्र बराल/मोरङ –  मोरङको रंगेली नगरपालिका वडा नं. ७ स्थित मुख्य बजारमा रहेको वीर भद्रेश्वर महादेव मन्दिर तथा  पञ्चेश्वर महादेव मन्दिरमा गत बर्षहरुमा झै यस बर्षपनि श्रावण महिनाको प्रत्येक सोमबार रतुवामाई नगरपालिका स्थित नुना बक्राहा खोलाबाट पवित्र जल लिएर १० किलोमिटर  टाढा रहेको रंगेली स्थित शिवालयमा भक्त जनहरुले यस बर्ष पनि प्रत्येक सोमबारका दिन जलार्पण गर्ने कार्यलाई उत्साह पुर्वक सम्पन्न गरेका छन ।

मन्दिर व्यवस्थापन समितिले ७२ घण्टाको भजन कृतन गर्नुका साथै प्रत्येक सोमबारका दिन मन्दिर परिसरमा भजन कृतन गरेर टाढाटाढाबाट आएका श्रदालु भक्तजनहरुलाई मनोरञ्जन समेत गराएका थिए । त्यसैगरी प्रत्येक सोमबारका दिन भक्त जनहरुका लागि नुना बक्राह खोलामा  जल लिनका लागि रंगेलीमा रहेको मिनिल्यान्ड बोर्डिङ स्कुल, माउन्ट मकालु बोर्डिङ स्कुल बसको समेत ब्यवस्थापन समेत गरेका थिए ।   

श्रावण महिनाको अन्तिम सोमबारका दिन रंगेलीमा रहेको मिलील्यान्ड बोर्डिंग स्कुलले सर्वतको व्यवस्था गरेको थियो ।  रंगेली नगर युवा क्लबले सर्वत तथा  मन्दिर परिसरमा स्वयंसेवक समेत परिचालन गरेको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल ट्राफिक प्रहरी समेत भक्त जनहरुको सुरक्षाको व्यवस्थापन गरेको बोलबम समितिका अध्यक्ष अनिल महेश्वरीले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...