News Portal

यो बर्ष साउनभर बोलबमले खचाखच भरियो हलेशीमहादेव

हिमालीसंचार संवाददाता
२३७ पटक

खोटाङ – खोटाङ जिल्लाको त्रि-धाम हलेशीमहादेव मन्दिर पुर्वाञ्चलको चर्चित मन्दिर हो। यहि साउन महिनामा बोलबम मेलाको अवसरमा यस धाममा आन्तरिक तथा वाह्रय तिर्थयात्रुहरुको भिड बढेको छ। यस अबसरमा हलेसी महादेव परिसर दर्शनार्थीले खचाखच भरीभराउ भएको छ।

हलेसी तुवाचुङ नगरपालिका वडा नं. ७ स्थित रहेको महादेबस्थानमा यहि साउन महिनाभर जल चढाउन र दर्शन गर्ने दर्शनार्थीको भीड लाग्ने गरेको भएपनि हरेक सोमबारका दिन विशेष गरेर तिर्थयात्रीको घुइँचो लाग्ने गर्दछ। कोभिड–१९ को महामारीले दुई वर्षसम्म सुनसान बनेको हलसीमहादेव यसपाली बोलबमले दर्शनार्थीको भिडले ग्राहक बढ्दा स्थानीय व्यवसायी  समेत उत्साहित छन् ।

हलेसीमहादेवमा हरियो कपडा, चुरा र मेहन्दीमा सजिएका महिला तथा रातो गेरु रंगको पहिरनमा सजिएका पुरुष दर्शनार्थीको बाक्लो चहलपहल देखिएको छ । साउनको तेश्रो सोसमबारसम्ममा करिब ४० हजार दर्शनार्थी हलेसीमहादेव दर्शनका लागि आएको हलेसी महादेवसथान विकास समितिका सचिव सर्वधन बस्नेतले हिमालीसंचारडटकमसंग बताए । 

मन्दिरका लागि बिहान ४ बजे खुल्ने हलेसी मन्दिरमा दर्शनका लागि दर्शनार्थी राती दुई बजेदेखि नै लाइनमा उभिने गरेका छन् । दर्शनार्थीलाई मन्दीर प्रवेश गर्न र बाहिरिनका लागि सहज बनाउन डोरी टाँगेर ‘वान वे सिस्टम’ बनाइएका छन् । भीड व्यवस्थापनका लागि प्रहरी र स्वयंसेवक परिचालन गरिएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।

पुर्वाञ्चलको पशुपतिनाथ भनेर परिचित हलेसीमहादेव साउन महिनाको बोलबम मेलाको अवधिमा हलेसी मन्दिरमा जल चढाउनका लागि नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, ईलाम र भारतको सिक्किम, दार्जिलीङ, गान्तोक, भुटान, चिनको तिब्बतलगायतका ठाउँबाट दर्शनार्थी आउने गरेका छन् ।

हलेसी दर्शन गरेपछि मनोकांक्षा पूरा हुने बिश्वासमा हलेसीमा साउनको प्रत्येक सोमबार विभिन्न स्थानबाट ल्याईएका जल चढाउने प्रचलन रहेको छ । हलेसीमहादेवमा देश तथा विदेशबाट आएका विशेषत हिन्दु धर्मावलम्बीहरुले नुहाएर ब्रत बसी महादेव, पार्वती र गणेश भगवानलाई दर्शनार्थीले ल्याएका जल चढाउने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...