
काठमाडौं – नेपाली कांग्रेसका मोरङ १ का क्षेत्रीय सभापति शंकर राईले प्रधानमन्त्री तथा नेपाली कांग्रसेका सभापति शेरबहादुर देउवालाई भेट गरी मोरङ क्षेत्रका आवश्यक रहेका विकासका योजना तथा माग सहित छलफल गरेका छन्।
मोरङ जिल्लाको लेटाङ-कानेपोखरी सडक फोरलेनको बनाउनुपर्ने, मदन भण्डारी राजमार्ग द्रुतगतिमा निर्माण हुनुपर्ने, सुकुम्बासी समस्या तत्काल समाधान गर्नुपर्ने, पर्यटनको अथाह संभावना बोकेको विशेष गरेर मोरङ क्षेत्र नं. १ लाई विशेष योजना दिएर पर्यटनको क्षेत्रको विकासका लागि आग्रह गरे।
सभापति राईले कृषी क्षेत्रलाई समेत विशेष योजनाको आवश्यकता रहेकोले कृषि कार्यक्रम दिन प्रधानमन्त्री समक्ष माग गरेका थिए। सभापति राई सहित लेटाङ नगर सभापति दिपकचन्द्र राई, उपसभापति मदन भट्टराई र महाधिवेशन प्रतिनिधि खड्ग श्रेष्ठ लगायतले भेट गरेका थिए।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
