News Portal

  • लिखु तामाकोसी गाउँपालिका २ का वडा अध्यक्ष पौडेलले काठमाडौंमा नै पुगेर नागरिकलाई दिए सेवा

    हिमालीसंचार संवाददाता
    १५७ पटक

    पुष्कर खड्का – रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर – २ सैपुका वडाध्यक्ष सन्तोष पौडेले गाउँमा मात्र होइन काठमाडौंमा बसेका वडाका नागरिकलाई काठमाडौंमा पुगेर सेवा दिनु भएको छ।

    गाउँका धेरै जेष्ठ नागरिक काठमाडौं बस्ने तर सामाजिक सुरक्षा भत्ताको लागि अभिलेखीकरण गर्न गाउँमा आउन नसक्नेलाई लक्षित गरी काठमाडौंमा नै गएर उहाँहरूलाई सेवा दिनु भएको वडा अध्यक्ष पौडेलले जानकारी दिनु भयो।अध्यक्ष पौडेलको जानकारी अनुसार जनताको लागि आफू जहाँ पुग्यो त्यहीँबाट नागरिकलाई सेवा प्रवाह गर्ने र त्यति मात्र होइन वडा कार्यालयमा आउन नसक्ने सेवा ग्राहीलाई घरमा नै पुगेर सेवा दिने र यसरी सेवा दिँदा गलत मान्छे पर्ला भन्ने डर पनि नहुने, नागरिकले सहज सेवा पनि पाउने बताउनु भयो।

    वडा अध्यक्ष पौडेल केही दिन काठमाडौंमा बसोबास गर्ने वडावासीको काम गरेर फेरी गाउँ नै फर्कने उहाँले बताउनुभयो।गाउँका धेरै मानिसहरू काठमाडौं बस्छन्। ज्येष्ठ नागरिकलाई आउजाउ गर्न असजिलो हुन्छ, वर्षाको कारण बाटो पनि राम्रो छैन।उहाँहरूको आउजाउ गर्दा खर्च पनि बढी हुन्छ, म एक जना आउँदा धेरै जनाको काम बन्छ, त्यसैले म यहीँ काठमाडौ आएर उहाँहरूलाई सेवा दिएको हुँ। पौडेलले भन्नुभयो।

    त्यस्तै काठमाडौं बसेका गाउँवासीले फोन गरेपछि उहाँहरूलाई घरमा नै गएर वा आफूले तोकेको ठाउँबाट सेवा दिएको र वडाको अत्यावश्यक कागजात लिन जान नसकेकालाई पनि काठमाडौँ अाएको बेला सो सेवा समेत दिएको अध्यक्ष पौडेलले बताउनुभयो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    पुस मसान्तभित्र जनसम्पर्क समितिको अधिवेशन

    काठमाण्डौ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रवासमा रहेका नेपालीहरूको सङ्गठनलाई थप सुदृढ गर्न क्षेत्रीय र...

    ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

    काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको...

    तनहुँ सेवा समाज कुवेतले नयाँ वर्षको अवसर पारेर २ जनवरी २०२६ मा सांगीतिक धमाका गर्ने

    कुवेत, असार २३  — तनहुँ सेवा समाज कुवेतको १३औँ मासिक बैठक अध्यक्ष सोम बहादुर खत्रीकाे...

    नेपाली जनप्रगतिशील मोर्चा कुवेतका उपाध्यक्ष कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेका दुई युवाको उद्धार

    कुवेत, असार २३ – रोल्पा जिल्लाका भरत घर्ती मगर र सल्यान जिल्लाका नरेश कुमार वली रोजगारीको...

    भिजिट भिसा दुरुपयोग प्रकरण : छानबिन समिति नबनेसम्म आन्दोलन नरोकिने राप्रपाको चेतावनी

    काठमाडौं, असार २३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति...