News Portal

रंगेली अस्पतालकाे अध्यक्षमा देवमणि

हिमालीसंचार संवाददाता
२९५ पटक

रबिन्द्र बराल – माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको अस्पतालमा लामाे समयदेखि व्यवस्थापन समिति बिहिन सन्चालन हुदै आईरहेकाे भएता पनि शुक्रबारदेखि रंगेली अस्पतालमा देवमणी कटुवाल अध्यक्ष पदमा चयन भएका छन। लामाे समयपछि व्यवस्थापन समितिले पुर्णता पाएकाे छ।

शुक्रबार बसेकाे बैठकबाट कटुवाललाई सर्वसम्मतबाट चयन गरिएकाे हाे। बैठकले सदस्यहरुमा स्वास्थ्य शाखा प्रमुख व्रजेश कुमार मेहता, विनोद कुमार मण्डल, मोहमद अजिम, पुरुषोत्तम काफ्ले, राधा देवी मण्डल, कमल प्र. रिमाल, यशोदा कर्मकार बडा अध्यक्ष रामचन्द्र मण्डल , दिपक प्रकाश तिम्सिना डाक्टर अरुण भट्टराईलाई मनाेन्यन गरेका छन।
सल्लाहकार समितिमा उपमेयर भुमा पराजुली ओमकार प्रसाद न्यायानेलाई चयन गरिएको छ । कार्यक्रम नगर प्रमुख दिलिप बगडिया ढक प्रसाद आचार्य कृष्ण प्रसाद भट्टराई लगायत काे उपस्थिति समेत रहेको थियोे। अध्यक्ष पदमा चयन भएपछि आफुले अस्पताललाई व्यवस्थित ढङ्गबाट सन्चालन गर्ने र अस्पतालमा भएको बिकृतिलाई समेत निरुत्साहित पार्ने र अस्पतालमा आएका बिरामीहरुलाई मुस्कान सहितकाे सेवा दिन लागि पर्ने र नेपाल सरकारकाे मातहतमा रहेका सम्पुर्ण कार्मचारीहरुलाई पुर्ण रुपमा युनिफ्रम लगाएर मात्रै काम काजमा आउनलाई निर्देशन समेत दिएका छन।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...