News Portal

  • रंगेली अस्पतालकाे अध्यक्षमा देवमणि

    हिमालीसंचार संवाददाता
    २२३ पटक

    रबिन्द्र बराल – माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको अस्पतालमा लामाे समयदेखि व्यवस्थापन समिति बिहिन सन्चालन हुदै आईरहेकाे भएता पनि शुक्रबारदेखि रंगेली अस्पतालमा देवमणी कटुवाल अध्यक्ष पदमा चयन भएका छन। लामाे समयपछि व्यवस्थापन समितिले पुर्णता पाएकाे छ।

    शुक्रबार बसेकाे बैठकबाट कटुवाललाई सर्वसम्मतबाट चयन गरिएकाे हाे। बैठकले सदस्यहरुमा स्वास्थ्य शाखा प्रमुख व्रजेश कुमार मेहता, विनोद कुमार मण्डल, मोहमद अजिम, पुरुषोत्तम काफ्ले, राधा देवी मण्डल, कमल प्र. रिमाल, यशोदा कर्मकार बडा अध्यक्ष रामचन्द्र मण्डल , दिपक प्रकाश तिम्सिना डाक्टर अरुण भट्टराईलाई मनाेन्यन गरेका छन।
    सल्लाहकार समितिमा उपमेयर भुमा पराजुली ओमकार प्रसाद न्यायानेलाई चयन गरिएको छ । कार्यक्रम नगर प्रमुख दिलिप बगडिया ढक प्रसाद आचार्य कृष्ण प्रसाद भट्टराई लगायत काे उपस्थिति समेत रहेको थियोे। अध्यक्ष पदमा चयन भएपछि आफुले अस्पताललाई व्यवस्थित ढङ्गबाट सन्चालन गर्ने र अस्पतालमा भएको बिकृतिलाई समेत निरुत्साहित पार्ने र अस्पतालमा आएका बिरामीहरुलाई मुस्कान सहितकाे सेवा दिन लागि पर्ने र नेपाल सरकारकाे मातहतमा रहेका सम्पुर्ण कार्मचारीहरुलाई पुर्ण रुपमा युनिफ्रम लगाएर मात्रै काम काजमा आउनलाई निर्देशन समेत दिएका छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...