News Portal

विदेशिएका मनोजका परिवार समाजसेवामा सक्रिय

हिमालीसंचार संवाददाता
३५९ पटक

अनिल पाण्डे,
काठमाडौं। विभिन्न कारणले मातृभूमि छोड्न पुगेको नेपाली समुदाय नेपाल र नेपालीकै सेवामा समर्पित रहेका दृष्टान्तहरू यत्रतत्र देखिन्छन्। त्यही दृष्टान्तका एक पात्र हुनुहुन्छ मनोज श्रेष्ठ।

‘उच्च अवसरको खोजी मानवीय चरित्र हो, म सन् २००१ मा यही चरित्र बोकेर अमेरिका आएँ, अहिले सपरिवार क्यालिफोर्नियाको सान्तारोजामा व्यवसाय चलाएर बसेको छु, तर कमाइको केही अंश नेपाली समाजको उत्थानमा समर्पित गर्दैआएको छु’ संखुवासभाका श्रेष्ठ भन्नुहुन्छ– सदरमुकाम खाँदवारिको तेज रत्न आँखा अस्पताल हाम्रै परिवारको लगानीमा सञ्चालित छ।

नाम आँखा अस्पताल रहे पनि त्यहाँ नाक, कान, घाँटीको सेवा समेत उपलब्ध हुन्छ। एक अहेबसहित ४ स्टाफको सेवा निरन्तर र निःशुल्क रूपमा दिने गरिएको छ। यसका लागि श्रेष्ठ परिवारले १० रोपनी जग्गा उपलब्ध गराएको छ।

‘अस्पताल सञ्चालनका लागि नियमितजस्तै सहयोग दिइरहेको छु, सन् २०१४ देखि आजसम्म अस्पताल सञ्चालनका लागि ५० लाख रुपियाँ जति नगद प्रदान गरेंहोला’ श्रेष्ठ एक प्रश्नको जबाफमा भन्नुहुन्छ।

यस्ता सामाजिक सेवामा मनोज श्रेष्ठको कमाइ मात्र लगानी भएको छैन, उहाँकी श्रीमती लीलाकुमारी श्रेष्ठ, दुई छोरा र बुहारीहरुको पनि आम्दानी लागेको छ। ‘जेठो छोरो मेडिकल डाक्टर छन्, अरूको पनि जागिर छ, म सान्तारोजामा तीन वटा लिकर ग्रोसरी स्टोर चलाउँछु, यो सबैको आम्दानीबाट धेरथोर समाजसेवा गर्न पाएका छौँ, हामीलाई समाजसेवाले मानवीय भावना प्रदर्शन गर्न पाएको गौरवानुभूति भएको छ’ श्रेष्ठ भन्नुहुन्छ– कसैले नेपाली समाजको संस्कार र मानव विकासको भावना परिमापन ग-यो भने हामीलाई कमजोर नठानोस्, मलाई यस क्षेत्रमा अभिप्रेरित गर्ने तत्त्व यही हो।

श्रेष्ठका अनुसार उहाँलाई समाजसेवामा अभिप्रेरित गर्ने समाजसेवीको नाम हो– नारायण श्रेष्ठ। नारायण काठमाडौँको चाबहिलस्थित हेल्पिङह्याण्डका सञ्चालक हुनुहुन्छ, अमेरिकाको कोलोराडोमा बसेर समाजसेवा गर्नुहुन्छ।

त्यसो त मनोज श्रेष्ठको समाजसेवा अमेरिका जानुअघिदेखि नै सुरु भएको हो। उहाँ उद्योग वाणिज्य संघ, खाँदवारि र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामा सक्रिय हुनुहुन्थ्यो।

अमेरिकामा पुगेपछि सन् २००५ मा खुलेको समाजसेवी संस्था मदरल्याण्ड नेपालका हरेक गतिविधिमा उदारताका साथ आर्थिक, भौतिक तथा भावनात्मक सहयोग पु-याउनुभयो। क्यालिफोर्निया सान्तारोजा काष्ठमण्डप लायन्स क्लब सचिव र हिमानी ट्रस्ट क्यालिफोर्निया च्याप्टरका कोषाध्यक्ष रहेका श्रेष्ठ समाजसेवामा अझ बढी सक्रिय रहने योजनामा हुनुहुन्छ।

‘समाजसेवाका लागि पारिवारिक सहयोग र समर्थन अनिवार्य छ, म भाग्यमानी छु, श्रीमती र छोरा–बुहारीको साथ पाएको छु, खाँदवारिको तेजरन्त आँखा अस्पताललाई अझ सुविधा सम्पन्न बनाउने योजनामा छु’ श्रेष्ठका अनुसार अस्पतालले वर्षको २ पटक नेत्र ज्योति संघसँग साझेदारी गरेर आँखा उपचारका लागि विज्ञ टोली खाँदवारि पु-याउँछ, ४ दिन शिविर चलाउँछ, मोतीबिन्दुको अपरेसन पनि गराउँछ, टोलीको खाने–बस्ने प्रबन्ध मिलाउँछ, सेवाका लागि आउने जोसुकैलाई निःशुल्क उपचार गराउँछ।

‘यो सब सेवा मैले मात्र गरेको होइन है, मेरो परिवार र खाँदवारिमा रहेका मेरा दाजुभाइ–दिदीबहिनी सबैको हो’ अन्त्यमा मनोजले सबैको मन राख्नुभयो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...