News Portal

सुर्खेतमा प्रहरी जवान र इन्सपेक्टर १५ हजार घुससहित अख्तियारको फन्दामा

हिमाली संचार संवाददाता
१५३३ पटक

सुर्खेत : पञ्चपुरी नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका इन्चार्ज इन्सपेक्टर सुशोभन श्रेष्ठ र जवान तिलक लामिछाने पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले उनीहरुलाई १५ हजार घुससहित आइतबार पक्राउ गरेको हो ।

इन्सपेक्टर श्रेष्ठ र जवान लामिछानेले सोही नगरपालिकाको वडा नं. २ को सालकोट प्रहरी चौकीमा सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ ।

सुन चाँदी पसल चोरीको अभियोगमा पक्राउ परेका चोरलाई सहजिकरण गरी छोडिदिने सर्तमा सेवाग्राहीबाट उनीहरुले घुस लिएको अख्तियारले बताएको छ । पक्राउ परेका दुबैको थप अनुसन्धान सुरु गरिएको छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...