News Portal

  • काठमाडौं महानगरले विष्णुमती किनारमा ‘यमबुद्ध पार्क’ बनाउँदै

    हिमालीसंचार संवाददाता
    २३० पटक

    काठमाडौं – काठमाडौं महानगरपालिका वडा नं १६ मा ‘यमबुद्ध पार्क’ बन्ने भएको छ। उक्त पार्क निर्माणका लागि महानगरपालिकाले १ करोड ५० लाख बजेट विनियोजन गरेको छ। 

    लन्डनमा आत्महत्या गरेका र्यापर अनिल अधिकारी (यमबुद्ध) को सालिक बनाउन महानगरपालिकाले बजेट विनियोजन गरेको भन्दै चौतर्फी आलोचना भएको थियो।

    आलोचना बढेपछि मेयर शाहले आफ्नै सेवासुविधाबाट सालिक बनाउने बताएका थिए। ​तर, यमबुद्धका अभिभावकलाई भेटेर मेयर शाहले आफ्नै तलबाट भएपनि सालिक बनाउने वचन समेत दिएका थिए। 

    मेयर शाहको चौतर्फी आलोचना बढेपछि वडा नं १६ स्थित विष्णुमती किनारमा रहेको ७ रोपनी जग्गामा ‘पार्क’ बन्न लागेको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। पार्कको नामकरण ‘यमबुद्ध पार्क’ भनेर प्रस्ताव गरिएको प्रवक्ता मानन्धरले हिमालीसंचारसंग बताए। 

    काठमाडौं महानगरपालिकाको बजेटमा बन्न लागेको पार्कमा सालिक भने महानगरको रकमबाट नबन्ने उनले स्पष्ट पारे। ‘अहिले पार्क बनाउनका लागि बजेट छुट्टिएको हो,’ मानन्धरले भने, ‘सालिक बनाउने कुरा भएको छैन्, पार्कको नाम चाँही यमबुद्ध पार्क भनेर राखिएको छ।’ उनको स्पष्टता थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...