News Portal

काठमाडौँको शान्तिनगरबाट ६१ हजार लुटपाट गर्ने रामेछापका एक युवकसहित २ जना पक्राउ

हिमालीसंचार संवाददाता
३५२ पटक

पुष्कर खड्का– काठमाडौँको शान्तिनगरबाट रामेछापका एकजनासहित दुईजना पक्राउ परेका छन्।काठमाडौँ महानगरपालिका–३१ शान्तिनगर तरकारी बजारको गल्लीबाट सर्लाही हरिहरपुर नगरपालिका–९ घर भएका २३ वर्षीय युवकको नगद ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा रामेछापका एक युवकसहित दुई जनालाई प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीको टोलिले बुधबार बिहान पक्राउ गरेको हो।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबबाट घर फर्किएका ती युवकको एयरपोर्टदेखि ललितपुर एकान्तकुनासम्म बसमा जाने क्रममा सोही बसमा सवार अपरिचित व्यक्तिले नगद लुटपाट गरी तीनकुने गैरीगाउँमा झरेर भाग्दै गरेको अवस्थामा प्रहरी लुटपाट गरेको उक्त नगद रुपैया सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ललितपुर इमाडोल बस्ने रामेछाप मन्थली नगरपालिका–७ घर भएका २६ वर्षीय विक्रम तामाङ र ललितपुर सातदोबाटो बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–४ घर भएका २८ वर्षीय दिनेश थापा रहेका छन्।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...