News Portal

प्रदेश नं. १ को प्रदेशसभा चौतर्फी घेराबन्दी हुदा प्रदेश संसदले गुहार मागे

हिमालीसंचार संवाददाता
५०२ पटक

विराटनगर – प्रदेश नं. १ का राजधानी विराटनगर देवकोटा चोकस्थित प्रदेशसभा भवनअगाडि राईहरुको सर्वोच्च संस्था किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिको आह्वानमा पुर्वाञ्चलका १४ जिल्लाका पहिचान पक्षधरहरुले बृहत् प्रदर्शन गरिरहदा प्रदेशसभा सदस्य सर्वध्वज साँवाले प्रदेश नामकरणका विषयमा सांसदलाई घेराबन्दी गरिएको भन्दै गुहार मागेका छन् ।

आइतबार प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य साँवाले प्रदेश नामकरणको विषयलाई लिएर प्रदेश सांसदलाई आफ्नै घर र बाटोमा समेत घेराबन्दी भएको बताए । ‘गुहार गुहार गुहार भन्न चाहन्छु’, छड्के छड्के परेर हामी यहाँ आइपुग्यौ। कहिले मुख्यमन्त्री धेराबन्दीमा पर्नु हुन्छ, कहिले हामी’ उनले प्रदेशसभा बैठकमा भने, ‘किनकी हामीलाई अहिले बलीको बोका, पाठा–पाठी बनाउन खोजिएको उनको दुखेसो थियो। 

उनले अघि भने, ‘कोही समूहले भन्नुहुन्छ कोशी राख्नुहोस्, नत्र आउँदो चुनावमा पहिचानवादी आदिवासी शून्य बनाइदिन्छु, अर्को समूहले भन्छ किरात राखेनौं भने आउदो चुनावमा कोशीमा बगाइदिन्छु, हामी घेराबन्दीमा परिरहेका छौं ।’

प्रदेशसभा सदस्य साँवाले प्रदेश नं. १ का प्रदेशसभा सदस्यहरु अप्ठेरो परिस्थितिमा रहेको भन्दै प्रदेशसभा नियमावली संशोधन गरेर प्रदेश नं. १ को नामका विषयमा गोप्य मतदानको व्यवस्था गरेर समस्याको समाधान हुनु पर्ने माग गरे ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...