News Portal

चितवनको भरतपुर अस्पतालले ओपिडी नि:शुल्क गर्यो

हिमालीसंचार संवाददाता
२९९ पटक

भरतपुर – भरतपुर चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालले ओपिडी निःशुल्क गरेको छ । अस्पताल विकास समितिको निर्णयानुसार आज साउन ८ गतेदेखि भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षणको लागि आउने सर्वसाधरण सेवाग्राहीका लागि ओपिडी निःशुल्क गरेको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार सरिवसाधरण सेवाग्राहीको भीडलाई मध्यनजर गर्दै ओपिडी निःशुल्क गरिएको जानकारी दिए । उनले यो सुविधा नेपालमै पहिलो भएको बताउँदै विदेशमा पनि सेवा शुल्क निःशुल्क भन्ने आफूले नसुनेको बताए ।

भरतपुर अस्पतालमा ओपिडी टिकटको ३० रुपैयाँ शुल्क लिँइदै आएको थियो । अस्पतालको सो निर्णयले गरिब तथा विपन्न व्यक्तिहरुको लागि राहत पुग्ने र टिकटबाट प्राप्त हुने शुल्क समितिले बेहोर्ने प्रा.डा. पौडेलले बताए ।सर्वसाधारणलाई राज्यबाट राहतको अनुभूति पनि हुने र टिकटकै कारण बिरामी रोकिनु नपरोस् भनेर सो निर्णय गरिएको प्रा.डा. पौडेलले बताए ।

प्रा.डा. पौडेलका अनुसार भरतपुर अस्पतालमा दैनिक १२ सयदेखि १७ सय बिरामी उपचारका लागि आउँछन् । आइतबार अन्य बारभन्दा बढी भीडभाड हुनेगर्छ । 

अस्पतालमा दैनिक औसत संख्या १५ सय बिरामीको भीड हुने भरतपुर अस्पतालमा कोरोना सङ्क्रमण तथा अन्य सङ्क्रामक रोग बढ्न नदिन र बिरामीलाई भीडभाडबाट टाढै राख्न परीक्षणका रुपमा ओपिडी शुल्क निःशुल्क गरिएको अस्पताल श्रोतले बताए। 

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...