News Portal

किरात राई यायोक्खाले “किरात प्रदेश” नामको लागि प्रधानमन्त्री देउवालाई स्मरण पत्र बुझायो

हिमालीसंचार संवाददाता
४०५ पटक

काठमाडौं – प्रदेश नं. १ को नाम “किरात प्रदेश” नामाकङन अभियानमा रहेका किरात राई यायोक्खा केन्द्रिय कार्यसमिति काठमाडौंले आज प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई स्मरण पत्र बुझाउनुका साथै प्रदेश नं. १ को नामकरणका लागि छलफल गरेका छन् ।

किरात राई यायोक्खाको स्मरण पत्र बुझ्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले किरात प्राचिन सभ्यता हो। पहिले काठमाडौ उपत्यका लगायद नेपालका धेरै ठाउँमा किरात नाममा नदिहरुको नाम रहेको उल्लेख गरे। उनले प्रदेश नं.१ को नाम पहिचानको आधारमा राख्न नेपाली कांग्रेस सकारात्मक रहेको बताए। 

प्रधानमन्त्री देउवासंगको भेटमा किरात राई यायोक्खा अध्यक्ष दिवस राई तथा उपाध्यक्ष जीवन हाताचो राईले “किरात प्रदेश” नामांकनको औचित्य र आवश्यकता विषयमा आफ्नो धारणा राखेका थिए। आजका यस कार्यक्रमको सहजीकरणका लागि नेपाली कांग्रेस केन्द्रिय सदस्य लोकप्रिय सुनुवारले सहजीकरण गरेका किराया महासचिव जनक राईले हिमालीसंचारडटकमसंग बताए। 

किरात राई यायोक्खा केन्द्रिय कार्यसमिति काठमाडौको नेतृत्वमा पुर्वाञ्चलका १४ जिल्लाका जिल्ला कार्यसमिति, परिचानवादी पक्षधरहरु सहित दबाब मुलक कार्यक्रम आयोजना गर्दै प्रदेश नं. १ नाम “किरात प्रदेश” नामकरणको लागि आन्दोलित रहेको छ। गत साउन २ गते बृहत मोटरसाइकल र्‍याली सहित विराटनगर स्थित प्रदेशसभा, मुख्यमन्त्री कार्यालय घेराउ गरेका थिए। 

प्रदेश नं.१ को राजधानी विराटनगरमै “किरात सभ्यता” नामक पुस्तकको सार्वजनिक कार्यक्रम र प्राज्ञिक बहस समेत सम्पन्न गरेको यायोक्खाले साउन ५ गते सांस्कृतिक प्रदर्शन सहित प्रदेश सभा भवन घेराउ गरेका थिए।  फेरी भोली साउन ८ गते आइतबार प्रदेशको राजधानी विराटनगर स्थित प्रदेशसभा भवन पुन: विशाल जनप्रदर्शन सहित घेराउ गर्ने किरायाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...