News Portal

  • याम्फू किरात समाज “किरात प्रदेश” नामकरणको पक्षमा रहेको आधिकारिक धारणा सार्वजनिक

    हिमालीसंचार संवाददाता
    ३११ पटक

    काठमाडौं – प्रदेश नं. १ को नामकरण विषयमा विराटनगर केन्द्रित पहिचानवादी संघसंस्थाहरुले दबाब मुलक प्रदर्शन गरिरहेको अबस्थामा याम्फू किरात समाजले प्रदेश १ को नाम ‘किरात प्रदेश’ हुनुपर्ने एक विज्ञप्ति मार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका छन्।

    आज लिम्बुवान किरात संयुक्त संघर्ष समितिले याम्फू किरात समाजको नाम राखेर आन्दोलनको विज्ञप्ति निकालेपछि समाजका अध्यक्ष रञ्जित गेसा र महासचिव दिलकुमार शिवउले एक अपिलपत्र जारी गर्दै “किरात प्रदेश” नामकरण हुनुपर्ने समाजको पहिलेदेखिकै धारणा रहेको प्रष्ट पारेका हुन् ।

    लिम्बुवान किरात संयुक्त संघर्ष समितिले प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ राख्न माग गर्दै आन्दोलन गरिरहेको छ । लिम्बुवान किरात प्रदेशको पक्षमा याम्फू किरात समाज पनि रहेको समितिले दाबी गरेको थियो । तर, हालसम्म समितिले जारी गरेको कुनै पनि विज्ञप्तिमा समाजको तर्फबाट हस्ताक्षर गरिएको भने देखिएको छैन ।

    समाजले भनेको छ; “प्रदेश नं. १ को नामकरणको सन्दर्भमा व्यक्तिको राजनीतिक आस्थाको आधारमा विभिन्न धारणाहरु हुन सक्छन्। तर, याम्फू किरात समाजको नाम जोडेर विभिन्न सामाजिक सञ्जालमा पक्ष विपक्ष देखाइएको विषयप्रति समाजको ध्यानाकर्षण भएको छ,’ अपिलपत्रमा भनिएको छ, ‘जसमा विभिन्न संस्था र व्यक्तिहरुले आधिकारिक धारणाको बारेमा जिज्ञासा राखेको पाइएकोले यस विषयमा समाजको नामकरणको सन्दर्भमा किरात प्रदेश” हुनुपर्ने धारणा विगतमा सार्वजनिक भइसकेको कुरा अवगत गराउँदै यसरी समाजसँग समन्वय नगरी याम्फू किरात समाजलाई पक्षविपक्षमा आफ्नो स्वार्थको निमित्त प्रयोग नगरीदिन हुन सबैमा अपिल गर्दछौं ।”

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आउँदो शुक्रबार झापाली समाज कुवेतकाे छैटौं अधिवेशन हुँदै

    कुवेत सिटी। झापाली समाज कुवेतको छैटौं महाधिवेशनकाे सम्पर्ण तयारी पूरा भएको छ। यही जुलाई ११...

    रसुवामा बाढीले विनाश : ५५ जना उद्धार, १८ अझै बेपत्ता

    काठमाडौं, असार २४ – चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी क्षेत्रमा ठूलो जनधनको जोखिम देखिएको छ...

    स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

    काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ...

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...

    नारायणी नदी आसपास बाढीको खतरा : चितवन प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन आग्रह

    चितवन, असार २४ — नारायणी नदीमा ठूलो बाढी पस्न सक्ने पूर्वानुमानसँगै चितवन प्रहरीले नदी किनार...