News Portal

याम्फू किरात समाज “किरात प्रदेश” नामकरणको पक्षमा रहेको आधिकारिक धारणा सार्वजनिक

हिमालीसंचार संवाददाता
३८१ पटक

काठमाडौं – प्रदेश नं. १ को नामकरण विषयमा विराटनगर केन्द्रित पहिचानवादी संघसंस्थाहरुले दबाब मुलक प्रदर्शन गरिरहेको अबस्थामा याम्फू किरात समाजले प्रदेश १ को नाम ‘किरात प्रदेश’ हुनुपर्ने एक विज्ञप्ति मार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका छन्।

आज लिम्बुवान किरात संयुक्त संघर्ष समितिले याम्फू किरात समाजको नाम राखेर आन्दोलनको विज्ञप्ति निकालेपछि समाजका अध्यक्ष रञ्जित गेसा र महासचिव दिलकुमार शिवउले एक अपिलपत्र जारी गर्दै “किरात प्रदेश” नामकरण हुनुपर्ने समाजको पहिलेदेखिकै धारणा रहेको प्रष्ट पारेका हुन् ।

लिम्बुवान किरात संयुक्त संघर्ष समितिले प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ राख्न माग गर्दै आन्दोलन गरिरहेको छ । लिम्बुवान किरात प्रदेशको पक्षमा याम्फू किरात समाज पनि रहेको समितिले दाबी गरेको थियो । तर, हालसम्म समितिले जारी गरेको कुनै पनि विज्ञप्तिमा समाजको तर्फबाट हस्ताक्षर गरिएको भने देखिएको छैन ।

समाजले भनेको छ; “प्रदेश नं. १ को नामकरणको सन्दर्भमा व्यक्तिको राजनीतिक आस्थाको आधारमा विभिन्न धारणाहरु हुन सक्छन्। तर, याम्फू किरात समाजको नाम जोडेर विभिन्न सामाजिक सञ्जालमा पक्ष विपक्ष देखाइएको विषयप्रति समाजको ध्यानाकर्षण भएको छ,’ अपिलपत्रमा भनिएको छ, ‘जसमा विभिन्न संस्था र व्यक्तिहरुले आधिकारिक धारणाको बारेमा जिज्ञासा राखेको पाइएकोले यस विषयमा समाजको नामकरणको सन्दर्भमा किरात प्रदेश” हुनुपर्ने धारणा विगतमा सार्वजनिक भइसकेको कुरा अवगत गराउँदै यसरी समाजसँग समन्वय नगरी याम्फू किरात समाजलाई पक्षविपक्षमा आफ्नो स्वार्थको निमित्त प्रयोग नगरीदिन हुन सबैमा अपिल गर्दछौं ।”

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...