News Portal

  • पाथीभरामा केबलकार नबनाउन किरात याक्थुम चुम्लुङ र मुक्कुमलुङको माग

    हिमालीसंचार संवाददाता
    १७५ पटक

    पाँचथर – किरात याक्थुम चुम्लुङ र मुक्कुमलुङ संघर्ष समितिले पाथीभरामा जबरजस्ती केबलकार नबनाउन माग गरेका छन् । सदरमुकाम फुङलिङमा पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै किरात याक्थुम चुम्लुङकी जिल्ला अध्यक्ष इन्दिरा मेन्याङवोले जबरजस्ती केबलकार निर्माण नगर्न माग गरिन् ।

    फुङलिङ नगरपालिकाले केबलकार निर्माणको म्याद थप गरिदिएपछि चुम्लुङ र संघर्ष समितिले विज्ञप्ति जारी गर्दै यदि केबलकार निर्माण गरिए आफूहरू त्यसको विरोधमा उत्रिने जनाएका छन् । याक्थुङ लिम्बूहरूको मुन्धुमी पवित्र स्थल भएको र केबलकार निर्माण गर्नाले त्यस क्षेत्रका पर्यावरणमा समेत गम्भीर असर पर्ने भएकाले निर्माण गर्नु उपयुक्त नहुने दाबी गर्दै आएका छन् ।

    नगरपालिकाले असार २९ गतेको कार्यपालिका बैठकले केबलकार सञ्चालन अनुमतिसम्बन्धी कार्यविधि संशोधन गरेको थियो । कार्यपालिकाको निर्णय राजपत्रमा प्रकाशित भएपछि असार ३० गते पाथीभरा माता केबलकार कम्पनीले म्याद थप गरेको हो ।

    २०७५ सालमा पहिलो पटक बनाइएको कार्यविधिमा म्याद थपको परिकल्पना नभएकाले संशोधन गरिएको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए । उक्त कार्यविधिमा चार वर्षमा निर्माण सम्पन्न गरी ३० वर्षसम्म सञ्चालन गर्ने उल्लेख छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...