News Portal

  • पुबुदु दासानायकेले क्रिकेटको प्रमुख प्रशिक्षकबाट राजीनामा दिए

    हिमालीसंचार संवाददाता
    २०४ पटक

    पुबुदु दासानायकेले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट आज राजीनामा दिएका छन्। बुधबार राजधानीमा आकस्मिक पत्रकार सम्मेलन गर्दै दासानायकेले पदबाट राजीनामा दिएका हुन्।

    अघिल्लो वर्षको मंसिर २५ गते मात्र दोस्रो कार्यकालका लागि नेपालको प्रमुख प्रशिक्षक नियुक्त भएका दासानायकेले एक वर्ष नपुग्दै पद त्यागेका हुन्।टोलीको खराब नतिजाको कारण पछिल्लो समय दबाबमा रहेका उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन्।

    ५२ वर्षीय पुबुदु यसअघि सन् २०११ मा नेपालको प्रशिक्षक नियुक्त भएका थिए। त्यतिबेला उनले श्रीलंकन प्रशिक्षक रोय डायसको स्थान लिएका थिए।सन् २०१५ मा क्यानसँग विवाद भएपछि नेपाली क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका उनले पपुवान्युगिनीविरूद्ध अन्तिम खेल खेलाएका थिए। यद्यपी उनी आइसिसीको अनुरोधमा २०१७ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपालको कन्सल्ट्यान्ट प्रशिक्षक बनेका थिए। 

    पुबुदुको नेतृत्वमा नेपालले डिभिजन ४ हुँदै डिभिजन २ सम्म खेलेको थियो। उनको प्रशिक्षणमा नेपालले सन् २०१४ को टी-२० विश्वकप खेलेको थियो।नेपाल छाडेपछि उनी सन् २०१६ मा अमेरिकाको प्रशिक्षक नियुक्त भएका थिए। उनले सन् २०१९ मा अमेरिकाको प्रशिक्षक पदबाट राजनीनामा दिएका थिए।उनी तीन वर्षअघि एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम भैरहवा ग्लाडिएर्टसका प्रशिक्षक नियुक्त भएका थिए। 

    सन् २०११ मा नेपालको प्रशिक्षक नियुक्त हुनुअघि पुबुदु क्यानडाका प्रशिक्षक थिए। उनको प्रशिक्षणमा क्यानडाले सन् २०११ को एकदिवसीय विश्वकप खेलेको थियो। श्रीलंकाका पूर्व राष्ट्रिय खेलाडी पुबुदु क्यानडाका नागरिक हुन्। पुबुदुले सन् १९९३ देखि १९९४ सम्म श्रीलंकाको राष्ट्रिय टिमबाट खेलेका थिए। ११ टेस्ट र १६ एकदिवसिय खेल खेलेका विकेटकिपर ब्याट्सम्यान पुबुबुले सन् २००५ देखि २००६ सम्म क्याडनाबाट समेत खेलेका थिए।

    मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि मुख्य प्रशिक्षक विहिन नेपाली टोली उनले सम्हाल्दै आएका थिए। ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजपछि ह्वाटमोरले राजीनामा दिएका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार १९ गतेको राशिफल

    आज असार १९, २०८२ (जुलाई ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनसीसी फुटाउने बद्रि केसी समूहको प्रयासको चौतर्फी आलोचना, एकताबद्ध रहन जोड

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारी तथा अभियन्ताहरुले बद्री केसी समूहले मिलेर बसेका एनआरएनए एनसीसीहरुलाई...

    ब्यबस्था धान्नेहरुको कु-कृत्य – कमला थापा

    २०८२ असार १८ गते। नेपालमा ब्यबस्था बारम्बार परिवर्तन भयो तर ब्यबस्था धान्नेहरुको कु-कृत्य कहिले परिवर्तन...

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनामा ६ महिनाको जेल

    बंगलादेश, असार १८ – बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको आरोपमा ६ महिनाको...

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवा–सुविधा फिर्ता, आजैदेखि कार्यान्वयनमा

    काठमाडौं, असार १८ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई उपलब्ध गराइएको सबै सरकारी सेवा तथा सुविधा...