News Portal

पुर्वाञ्चलको धनकुटामा घरेलु मदिरा “कोदोको रक्सी” प्रवर्द्धन गर्न कार्यक्रम

हिमालीसंचार संवाददाता
४११ पटक

धनकुटा – पुर्वाञ्चलको धनकुटा जिल्लामा परम्परागत घरेलु मदिरा “कोदोको रक्सी” प्रवर्द्धन गर्ने उदेश्यले धनकुटा नगरपालिका वडा नं. -७ स्थित बसपार्क सैनिक भवनमा एक कार्यक्रमका आयोजना गरी मञ्चमा आसिन अतिथिलाई घरेलु मदिरा बडेर प्रवर्द्धन गरिएको छ।

कार्यक्रममा सहभागी अतिथिलाई मदिरा बाँडिए पछि सबैले एकै स्वरमा चियर्स भन्दै कोदोको रक्सी पिए । उपस्थित कतिपयले सुरुमा पानी वितरण गरेको ठाने पनि प्लास्टिकको ठूलो बोतलबाट गिलासमा राखेर घरेलु मदिरा “ कोदोको रक्सी” बाँडिएको थियो । कोदोको रक्सी प्रवर्द्धन समितिले प्रदेश १ ले आयोजना गरेको कार्यक्रममा अधिकांश महिला सहभागी थिए ।

परम्परागत पेय पदार्थ ब्रान्डिङ गर्न अभिप्रेरित गर्न उदेश्यले अभियान थालिएको घरेलु रक्सी प्रवर्द्धन समिति प्रदेश १ का अध्यक्ष टेकबहादुर खजुमले बताए । जमिन बाँझिन थालेकोले कोदो बालीको उत्पादन गर्न अभियानले सघाउ पुर्‍याउने उनको विश्लेषण छ । ‘झट्ट रक्सीको नाम सुन्दा मनोवैज्ञानिक रूपमा त्रास उब्जिने गरे पनि अब घरेलु रक्सीको ब्राडिङ गर्न जरुरी छ,’ खजुमले भने, ‘पुराना कानून परिमार्जन तथा समयसापेक्ष ऐन कानुनमार्फत यसको उत्पादन गरी विदेश निर्यात गर्ने वातावरण बनाउन सके राजस्व वृद्धि गर्न सकिन्छ ।’ उनले घरेलु मदिरालाई ब्यान्ड (प्रतिबन्ध) होइन, ब्रान्ड बनाएर विदेश निर्यात रोक्नु पर्ने   बताए ।

घरेलु मदिरा प्रवर्द्धन अभियन्ता सरु सिंगकले अवधारणा पत्र प्रस्तुत गरिन् । उनले जनजातिहरूले पुख्र्यौली रूपमा विकास गरेको मदिरा बनाउने प्रविधि कला अझै पनि सुरक्षित रहेको भन्दै संरक्षणमा जोड दिइन् । उत्पादित मदिराको गुणस्तर, स्तरीकरण र ब्रान्डिङ गरी व्यवस्थित बजारीकरणतर्फ सरकारको चासो जानुपर्नेमा उनले जोड दिइन् । प्रदेशका सामाजिक विकास मन्त्री उषाकला राईले घरेलु मदिराको ब्रान्डिङ गरी विदेश निर्यात गर्ने भने पनि अझै त्यसले मूर्तरूप नपाएकाले आफूहरू त्यस अभियानमा जुटेको बताइन् ।

नेपालमा प्रचलित मदिरा ऐन २०३१ तथा मदिरासम्बन्धी नियमावली २०३३ लगायत विभिन्न निर्देशनहरूले घरेलु मदिरालाई प्रतिबन्धित वस्तुको रूपमा उल्लेख गरेको छ । त्यस्ता कानुन संशोधन तथा समयानुकूल परिमार्जन गर्न बाँकि रहे पनि घरेलु मदिरा उत्पादन गर्न अभियान थालिएका छन् । कानुन संशोधन नहुन्जेल विद्यमान कानुनले घरेलु मदिरा उत्पादनमा समस्या हुनसक्ने अवधारणापत्रमा उल्लेख छ ।

नेपालको कानून बन्देज फुकुवा गर्न कानुन संशोधन गरेर घरेलु मदिराको उत्पादन, गुणस्तरसँगै वैज्ञानिक परिक्षण गरी मानव स्वास्थ्यका विषयमा अध्ययन अनुसन्धान जरुरी रहेको अभियन्ता सिंगकले बताएकी थिइन्। 

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...