News Portal

  • पुर्वाञ्चलको धनकुटामा घरेलु मदिरा “कोदोको रक्सी” प्रवर्द्धन गर्न कार्यक्रम

    हिमालीसंचार संवाददाता
    ३६८ पटक

    धनकुटा – पुर्वाञ्चलको धनकुटा जिल्लामा परम्परागत घरेलु मदिरा “कोदोको रक्सी” प्रवर्द्धन गर्ने उदेश्यले धनकुटा नगरपालिका वडा नं. -७ स्थित बसपार्क सैनिक भवनमा एक कार्यक्रमका आयोजना गरी मञ्चमा आसिन अतिथिलाई घरेलु मदिरा बडेर प्रवर्द्धन गरिएको छ।

    कार्यक्रममा सहभागी अतिथिलाई मदिरा बाँडिए पछि सबैले एकै स्वरमा चियर्स भन्दै कोदोको रक्सी पिए । उपस्थित कतिपयले सुरुमा पानी वितरण गरेको ठाने पनि प्लास्टिकको ठूलो बोतलबाट गिलासमा राखेर घरेलु मदिरा “ कोदोको रक्सी” बाँडिएको थियो । कोदोको रक्सी प्रवर्द्धन समितिले प्रदेश १ ले आयोजना गरेको कार्यक्रममा अधिकांश महिला सहभागी थिए ।

    परम्परागत पेय पदार्थ ब्रान्डिङ गर्न अभिप्रेरित गर्न उदेश्यले अभियान थालिएको घरेलु रक्सी प्रवर्द्धन समिति प्रदेश १ का अध्यक्ष टेकबहादुर खजुमले बताए । जमिन बाँझिन थालेकोले कोदो बालीको उत्पादन गर्न अभियानले सघाउ पुर्‍याउने उनको विश्लेषण छ । ‘झट्ट रक्सीको नाम सुन्दा मनोवैज्ञानिक रूपमा त्रास उब्जिने गरे पनि अब घरेलु रक्सीको ब्राडिङ गर्न जरुरी छ,’ खजुमले भने, ‘पुराना कानून परिमार्जन तथा समयसापेक्ष ऐन कानुनमार्फत यसको उत्पादन गरी विदेश निर्यात गर्ने वातावरण बनाउन सके राजस्व वृद्धि गर्न सकिन्छ ।’ उनले घरेलु मदिरालाई ब्यान्ड (प्रतिबन्ध) होइन, ब्रान्ड बनाएर विदेश निर्यात रोक्नु पर्ने   बताए ।

    घरेलु मदिरा प्रवर्द्धन अभियन्ता सरु सिंगकले अवधारणा पत्र प्रस्तुत गरिन् । उनले जनजातिहरूले पुख्र्यौली रूपमा विकास गरेको मदिरा बनाउने प्रविधि कला अझै पनि सुरक्षित रहेको भन्दै संरक्षणमा जोड दिइन् । उत्पादित मदिराको गुणस्तर, स्तरीकरण र ब्रान्डिङ गरी व्यवस्थित बजारीकरणतर्फ सरकारको चासो जानुपर्नेमा उनले जोड दिइन् । प्रदेशका सामाजिक विकास मन्त्री उषाकला राईले घरेलु मदिराको ब्रान्डिङ गरी विदेश निर्यात गर्ने भने पनि अझै त्यसले मूर्तरूप नपाएकाले आफूहरू त्यस अभियानमा जुटेको बताइन् ।

    नेपालमा प्रचलित मदिरा ऐन २०३१ तथा मदिरासम्बन्धी नियमावली २०३३ लगायत विभिन्न निर्देशनहरूले घरेलु मदिरालाई प्रतिबन्धित वस्तुको रूपमा उल्लेख गरेको छ । त्यस्ता कानुन संशोधन तथा समयानुकूल परिमार्जन गर्न बाँकि रहे पनि घरेलु मदिरा उत्पादन गर्न अभियान थालिएका छन् । कानुन संशोधन नहुन्जेल विद्यमान कानुनले घरेलु मदिरा उत्पादनमा समस्या हुनसक्ने अवधारणापत्रमा उल्लेख छ ।

    नेपालको कानून बन्देज फुकुवा गर्न कानुन संशोधन गरेर घरेलु मदिराको उत्पादन, गुणस्तरसँगै वैज्ञानिक परिक्षण गरी मानव स्वास्थ्यका विषयमा अध्ययन अनुसन्धान जरुरी रहेको अभियन्ता सिंगकले बताएकी थिइन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...