News Portal

  • धरान बेस क्याम्प ‘पेट्रोल पम्पदेखि भेडेटारसम्म’ को क्षेत्रमा दिसा पिसाब गर्न निषेध

    “निषेधित क्षेत्रमा दिसा-पिसाब गरे रु. १ लाखसम्म जरिवाना”

    हिमालीसंचार संवाददाता
    ७५५ पटक

    धरान – धरान उपमहानगरपालिका धरान बेस क्याम्प “पेट्रोल पम्पदेखि भेडेटारसम्म”को सार्वजनिक खुल्ला क्षेत्रमा सार्वजनिक यातायात सवारी साधन रोकेर यात्रुका लागि दिसा पिसाब गर्न गराउन शक्त मनाही गरिएको धरानका नगर प्रमुख हर्कराज राई “साम्पाङ”ले बताए।

    नगर प्रमुख राईले फेसबुक स्टाटस मार्फत उक्त क्षेत्र धरानका खानेपानीको मुहान क्षेत्र पर्ने भएको हुनाले नगर प्रमुख राईले सार्वजनिक यातायातका सवारी साधन रोकेर त्यस सडक खण्ड हुदै यात्रा गर्ने यात्रुहरुका लागि दिशा पिसाब गर्न गराउन प्रतिबन्ध गरिएको जानकारी दिएका हुन् । उक्त नियमको उलंधन गरिए रु. १ लाख रुपियासम्म जरीवाना गरिने समेत बताएका छन्।

    नगर प्रमुख राईले “धरान बेस क्याम्प पेट्रोल पम्प देखि भेडेटार सम्मको क्षेत्रमा गाढी रोकेर यात्रुलाई दिशा पिसाब नगराउनु होला ! अन्यथा, रु. १ लाख सम्मको जरिवाना गराइनेछ !” सामाजिक संजाल फेसबुक मार्फत उक्त कुरो बताएका हुन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...