News Portal

लामो समय पानी नपर्दा, पश्चिम नवलपरासी सरावलका जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगियो

हिमालीसंचार संवाददाता
३०७ पटक

काठमाडौं – पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। लामो समयदेखि खडेरीले आक्रान्त बनेपछि किसानले पानी पर्ने जनविश्वासमा जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगेका हुन्।

किसानले गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने जनविश्वासमा जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए। गाउँपालिका अध्यक्ष चौधरीले आफूसहित पूर्व सांसद रामलखन हरिजन, गाउँपालिका उपाध्यक्ष बासमती चमार, वडा नम्बर ४ का अध्यक्ष सुरेश यादव, प्रमुख प्रसासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई गाउँलेले बाँधेर मन्दिर पुर्‍याएको जानकारी दिए।

‘पहिले पहिले समस्या पर्दा गाउँका अगुवालाई बाँधेर मन्दिरमा लगि पूजा गर्ने प्रचलन थियो। यसो गर्दा समस्या समाधान हुन्थ्यो अहिले जनप्रतिनिधि नै गाउँका अगुवा हुन् । किसानले जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगेपछि मन्दिरमा पूजा अर्चना गरेको बताए।

स्वच्छ मनले पूजा अर्चना गरेपछि लामो समयदेखि परेको खडेरी अन्त्य भइ भगवान खुसी भएर पानी पार्ने विश्वासमा यस्तो गरिएको स्थानीयको भनाई छ।‘जब असार महिनामा लामो समय पानी पर्दैन। तब स्थानीयले अगुवालाई बाँधेर मन्दिर लगेर हिलो छ्याप्ने र उनीहरूले मन्दिरमा पूजा गर्ने प्रचलन छ’, अध्यक्ष चौधरीले भने।

अध्यक्ष चौधरीका अनुसार तीन दिनसम्म पूजा अर्चना गरि अन्तिम दिन गाउँका अगुवालाई बाँधेर बालबालिका सहित मन्दिरमा पूजा अर्चना गर्दा भगवान खुसी भएर पानी दिने जनविश्वास छ। अन्तिम दिनमा महिलाले हलो जोत्ने, बालबालिकालाई हिलो पानीमा खेल्ने। अगुवालाई हिलो छ्याप्ने जस्ता परम्परा रहेको चौधरीले बताए।

स्थानीयका २१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको पश्चिम नवलपरासीमा रोपाई सकेको लामो समय बितिसक्दा पनि पानी नपर्दा किसानले रोपेको धान सुक्न थालेपछि आफ्नो परम्परा अनुरुप यसो गरिएको हो । असारको पहिलो साताबाटै रोपाई सुरू गरेका किसान आकासे पानीको भर पर्दा र वैकल्पिक सिचाईँको व्यवस्था नहुँदा रोपो सुक्न थालेको छ। 

यस वर्ष धान उत्पादनमा कमि आउने र लगानी पनि नउठ्नेहो भन्ने कुराले किसान चिन्तित छन्। कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका प्रमुख शिव अर्यालले प्रतिहेक्टर ४१ क्विन्टल धान उत्पादन हुने गरेको र यस वर्ष जिल्लामा ९६ प्रतिशत धान रोपाई भएको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...