News Portal

  • प्रदेश १ नाम वहस-सकस: दलहरुबीच दन्तबझान, पहिचान पक्षधर संघसंस्थाहरु आन्दोलित

    हिमालीसंचार संवाददाता
    १९३ पटक

    विराटनगर – लामो समयदेखि प्रदेशको नामकरण औपचारिक छलफल शुरु भएको प्रदेश नं. १ को नामकरणको विषय वहससंगै दलहरुबीच सकस र चुनौतिका पर्खाल भित्र दलहरुबीच दन्तबझानमा अल्झिरहदा पूर्वाञ्चलका पहिचान पक्षधर संघसंस्थाहरु आन्दोलित भएका छन्।

    राईहरुको सर्वोच्च संस्था किरात राई यायोक्खा केन्दिय कार्यसमितिका आह्वानमा प्रदेश नं. १ “किरात प्रदेश” नामकरणको माग सहित दबाब मुलक शक्ति प्रदर्शनका लागि आज इटहरी चोकमा भेलाभइ प्रदेश नं. १ को राजधानी विराटनगर स्थित प्रदेश सभा र मुख्यमन्त्रीको कार्यालय घेराउ गर्ने कार्यक्रम घोषणा गरेका छन्। किरात राई यायोक्खाको उक्त कार्यक्रममा किरात खम्बुवान साझा पार्टीले समेत एक्यबद्धता जाहेर गरेको छ। 

    ०७८ फागुन १० गतेदेखि प्रदेशको नामकरणका विषयमा औपचारिक छलफलमा जुटेको संसदहरुले प्रदेशको नाम टुङ्गो लगाउन सकस देखिएको छ । प्रदेश नामकै विषयमा दोस्रो पटक सर्वदलीय बैठक गत असार २४ गते बसेको थियो । त्यसमा दलहरूमा सफल भएनन्। 

    प्रदेश नं. १ को नामकरणको विषयमा एमाले र काँग्रेसले कोशी वा सप्तकोशी भन्दै आ–आफ्ना राजनीतिक प्रस्ताव सार्वजनिक गरेका छन् । एमालेले सर्वदलीय बैठकमा कोशी नामकरण गर्नुपर्ने प्रस्ताव गरेको भए पनि काँग्रेसले औपचारिक रूपमा कुनै निर्णय नगरेको बताएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक सूर्यमाराज राईले सप्तकोशी नाम प्रस्ताव गरेको सार्वजनिक गरेका थिए । तर, काँग्रेसकै संसदीय दलका उपनेता तथा प्रदेश सरकारका भौतिक विकास मन्त्री हिमाल कार्कीले भने नामको विषयमा काँग्रेसले कुनै आधिकारिक निर्णय नगरेको बताए। 

    प्रदेश १ को नामकरण सकसपूर्ण बनेको छ।  यही अधिवेशनबाट प्रदेशको नाम टुङ्गो लाग्ने सम्भावना कमजोर बनेको छ। एमालेले प्रस्ताव गरेको ‘कोशी प्रदेश’ सहमति हुने सम्भावना कमजोर बनेको छ । पहिचान पक्षधर दलहरूले कोशीको सट्टा विजयपुर, सगरमाथा वा विराट प्रदेश भए मान्ने भित्री संकेत गरेका छन् । पहिचान पक्षधर एक नेताका अनुसार; ‘हाम्रो पनि सङ्ख्या पुग्दैन, कोशी बनाउने एमालेको प्रस्ताव पनि मान्न सकिँदैन, ‘अब त्यसो हुँदा सगरमाथा, विराट वा विजयपुरमा सहमति हुनसक्छ।

    प्रदेश नं. १ को नामकरण टुङ्ग्याउँदा प्रदेशसभामाथि नाम नटुङ्ग्याएको दोष लाग्ने छ। प्रदेशको नाम टुङ्ग्याउने हो भने कुन नामकरण गरी टुङ्ग्याउने भन्ने सहमति नहुने परिस्थितिले प्रदेशसभाका चुनौति र सकस बढेको छ।

    अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको बजेटबारे छलफल भइरहेकै समयमा प्रदेशस्तरका एमाले संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक, सचेतक तथा समितिका सभापतिहरूलाई काठमाडौँ बोलाएर ‘कोशी’ नाम राख्न निर्देशन दिएको बुझिएको छ । त्यसपछि एमालेले संसदमा पनि जोडतोडले प्रदेशको नामकरणको विषय उठाएको थियो । 

    त्यस्तै संसदीय दलले नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा वार्ता तथा छलफल समिति पनि निर्माण गर्‍यो । तर, असार २४ को सर्वदलीय बैठकपछि त्यस खालका अनौपचारिक छलफलमा पूर्ण विराम लागेको एक नेता बताए । ‘सर्वदलीय छलफल पछि त झनै तीव्र ढङ्गले नामको विषयमा बहस गर्नुपर्ने थियो,’ ती एमाले नेता भन्छन्, ‘त्यो तदारुकता अहिले देखिँदैन, अहिले पार्टी भित्र एक किसिमको सन्नाटा छ ।’

    प्रदेश नं. १ को नामकरणमा सहमति जुटाउन भन्दै असार २४ गते बसेको प्रदेश १ का दलहरूको संयुक्त बैठकले अर्को बैठकमा छलफल गर्ने भन्दै बैठक टुङ्गिएको थियो । बैठकमा नेकपा एमालेले प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्न जोड गरे। बैठकमा सत्ता पक्षका माओवादी र नेकपा समाजवादी पार्टीले पहिचानको विषय जोडेर कोशी–किरात नामकरण गर्नु पर्ने धारणा राखेका थिए ।

    नेकपा एकीकृत समाजवादीका नेता तथा प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले आगामी साउन ८ गतेदेखि बैठक सुरु हुने प्रदेशसभाको बैठकपछि नामको विषयमा छलफल सुरु हुने बताए । ‘साउन ८ गते बैठक बोलाउने बताए।

    प्रदेश १ प्रदेशसभाको कार्यकाल सकिन केही महिना मात्रै बाँकी छ । संवैधानिक व्यवस्था अनुसार प्रदेशको नामकरण टुङ्गो लगाउन प्रदेशसभामा दुई तिहाइ बहुमत अर्थात् ६२ सांसद आवश्यक पर्छ । तर, दुईतिहाई मत जुटाउने नाम अहिलेसम्म एक जुट भएका छैनन्। प्रदेशको नाम कोशी, सगरमाथा, किरात, विराट, विजयपुर, कञ्चनजङ्घा लगायत थुप्रै नामहरु प्रस्ताव गरिएका छन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आउँदो शुक्रबार झापाली समाज कुवेतकाे छैटौं अधिवेशन हुँदै

    कुवेत सिटी। झापाली समाज कुवेतको छैटौं महाधिवेशनकाे सम्पर्ण तयारी पूरा भएको छ। यही जुलाई ११...

    रसुवामा बाढीले विनाश : ५५ जना उद्धार, १८ अझै बेपत्ता

    काठमाडौं, असार २४ – चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी क्षेत्रमा ठूलो जनधनको जोखिम देखिएको छ...

    स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

    काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ...

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...

    नारायणी नदी आसपास बाढीको खतरा : चितवन प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन आग्रह

    चितवन, असार २४ — नारायणी नदीमा ठूलो बाढी पस्न सक्ने पूर्वानुमानसँगै चितवन प्रहरीले नदी किनार...