News Portal

  • मोरङ कारागारमा ४८ जना कैदीबन्दीलाई ज्वरो, कोरोना संक्रमित भएर २३ जना अस्पताल भर्ना

    हिमालीसंचार संवाददाता
    १७२ पटक

    विराटनगर – मोरङको विराटनगर वडा नं. ८ स्थित जिल्ला कारागारभित्र कोरोना संक्रमित भएर अस्पताल भर्ना हुने कैदीबन्दीको संख्या २३ पुगेको छ । संक्रमितलाई कोशी कोभिड–१९ अस्पतालमा भर्ना गरिएको छ । शुक्रबार ४८ जना ज्वरो आएका कैदीबन्दीको नमूना संकलन गरिएको छ । यसअघि, कारागार प्रशासनले बिहीबार उपचारका लागि अस्पताल भर्ना गरेकामध्ये एक जनाको मृत्यु भएको थियो । तर, मृत्युको कारण कोभिड नै हो भन्ने पु्ष्टि भइसकेको छैन ।

    कारागारभित्र मृत्यु हुनेमा ३९ वर्षीय कैदी निरबहादुर नेपाल छन् । उनको मृत्यु कोरोनाका कारण नभएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

    नेपाल ज्यान मार्ने उद्योगको मुद्दामा अदालतले दोषी ठहर गरेपछि २०७६ साउन २५ गतेदेखि कारागारमा बसेर कैद सजाय भुक्तान गरिरहेका थिए । स्थानीय प्रशासनले कारागारका सबै कैदीबन्दीहरुलाई कोरोना विरुद्ध लगाइएको खोपको विस्तृत विवरण पनि माग समेत गरेको छ ।

    गत शुक्रबार आकस्मिक बसेको कोभिड क्राइसिस मेनेजमेन्ट समितिको बैठकले संक्रमण फैलिएको कारागारमा सावधानी अपनाउने, कोशी कोभिड अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

    यस्तै कोभिड अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने, आम नागरिकमा सामाजिक दुरी कायम गराउने, मास्क लगाउन अनिवार्य गर्ने, संक्रमण जोखिमका बारेमा नागरिकलाई जानकारी गराउने लगायतका निर्णय गरेको छ ।

    मोरङ कारागारमा १ हजार ८७ जना कैदीबन्दी छन् । कारागारमा महिला ब्लकमा भने कोरोनाको लक्षणका बिरामी नभएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । कोरोना संक्रमण हुने सबै कैदीबन्दी पुरुष हुन् । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...