News Portal

  • खोटाङ- ओखलढुंगा जयरामधाटमा अस्थायी प्रहरी पोष्ट स्थापना गरी उद्धाटन

    हिमालीसंचार संवाददाता
    १९२ पटक

    जयरामघाट – खोटाङको प्रमुख नाकाका रुपमा रहेको खोटाङ-ओखलढुंगा जिल्लाको जयरामघाटमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । ओखलढुंगा र खोटाङको सिमानामा पर्ने जयरामघाटमा हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले बुधबार अस्थायी प्रहरी पोष्ट उद्घाटन गरेकी छिन्।

    हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ बाहुनीडाँडामा पर्ने जयरामबजारमा सोही नगरपालिकाका मेयर बिमला राईले अस्थायी प्रहरी पोष्ट उद्घाटन गरेकी हुन् । जयराम क्षेत्रका शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्ने लक्ष्यका साथ अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

    यस क्षेत्र भौगौलिक रुपमा विकट, दुधकोशी किनारमा रहेको तथा राम्ररी फोन समेत नचल्ने जयरामघाटमा प्रहरी पोष्ट माग भएको दशकपछि मात्र अस्थायी प्रहरी पोष्ट स्थापना भएको हो । स्थानीय सुमित्रा राईको घरमा भाडामा लिएर अस्थायी प्रहरी पोष्ट खडा गरिएको हो ।

    यस अस्थायी प्रहरी पोष्टमा हवल्दारको नेतृत्वमा पाँच प्रहरी राख्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । डिएसपी लम्सालले क्रमशः जग्गा जुटाउँदै आवश्यक भौतिक संरचना निर्माण गरेर स्थायी रुपमा प्रहरीचौकी स्थापनाका लागि पहल गर्न स्थानीयलाई आग्रह गरेका थिए ।

    जयरामघाट हुदै खोटाङ जिल्ला प्रवेश गर्ने प्रमुख नाका मात्र नभएर त्रि–धार्मिकस्थल हलेसी तथा मध्यपहाडी राजमार्ग हुँदै भोजपुर, धनकुटा आवत–जावत गर्ने मार्ग भएकाले स्थानीयले शान्ति सुरक्षाका लागि लामो समयदेखि प्रहरीचौकी स्थापनाको माग गर्दैआएका थिए ।

    यस क्षेत्रमा बाक्लो जमघट हुने तथा अप्रिय घटना घटेको अवस्थामा च्यास्मीटार प्रहरीचौकीलाई खबर गर्नुपर्ने वाध्यताको अन्त्य भएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए । तीन सय नागरिकका लागि एक जना प्रहरीको व्यवस्था हुनुपर्ने व्यवस्था रहेपनी खोटाङमा ५४३ नागरिकका लागि एक प्रहरीको व्यवस्था छ ।

    आयोजित कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश राउत, निमित्त प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, गोरखनाथ गण मुढे व्यारेकका सेनानी पुकार वस्नेत, शसस्त्र प्रहरीका डिएसपी सरोज कार्की, हलेसी तुवाचुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रविकिरण आचार्य, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका वडाध्यक्ष किशोर बस्नेत लगायतको उपस्थिति थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...