News Portal

  • नेपालले स्कटल्याण्डलाई हरायो, नेपालको यो पहिलो जित

    हिमालीसंचार संवाददाता
    ३१३ पटक

    काठमाडौं – नेपालले विश्वकप क्रिकेट लिग २ मा बुधबार स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । स्कटल्यान्डमाथि नेपालको यो पहिलो विजय हो । राष्ट्रिय टोलीको संरचनामा नेपालले यसअघि स्कटल्यान्डलाई पराजित गर्न सकेको थिएन् । नेपालले स्कटल्यान्डमाथि नेपालको पहिलो जित दर्ता गरेको हो।

    आसिफले ६२ बलमा ७१ रन बनाएपछि नेपालले १ सय ४५ रनको लक्ष्य २५.१ ओभरमै पूरा गर्‍यो । आसिफले १० चौका र १ छक्का प्रहार गरेपछि कमजोर ब्याटिङ प्रदर्शन गर्दै आएको नेपालको विजय सहज बनेको थियो । आसिफले कुशल भुर्तेलसँग पहिलो विकेटमा ८ ओभरभित्र ४७ रन जोडेका थिए । ठूलो स्कोर खेल्न नसकिरहेका कुशलले २८ बलमा ४ चौकासहित २७ रन बनाए ।

    आफूले सामना गरेको पहिलो बलमै तेस्रो स्लिपमा क्याच फुत्किएपछि जीवनदान पाएका आसिफले एन्ड्रिएन नेललाई पुल गर्दै छक्का प्रहार गरी आफ्नो अर्धशतक पूरा गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो चौथो अर्धशतक हो ।

    देव खनाल ४, दीपेन्द्रसिंह ऐरी ३ र आरिफ शेख १ रनमै आउट भए पनि उपकप्तान रोहित पौडेलले अविजित ३४ रन बनाउँदै नेपाललाई विजय दिलाए । उनले ३१ बल खेली ५ चौका प्रहार गरे । सो क्रममा उनले लिस्ट ‘ए’ मा एक हजार रन पूरा गरे ।

    यसअघि मध्यम गतिका बलरहरूको सानदार प्रदर्शनमा नेपालले स्कटल्यान्डलाई १ सय ४४ रनमै रोकेको थियो । नेपालले टस जितेपछि ब्याटिङमा आएको घरेलु टोली स्कटल्यान्ड ४२.५ ओभर खेली अलआउट भयो ।

    एकदिवसीय अन्तर्राष्ट्रियमा स्कटल्यान्डको एसोसिएट राष्ट्र विरुद्ध यो चौथो न्यून स्कोर हो । गेभिन मेन र हमजा ताहिरले १० औं विकेटका लागि ४९ रनको साझेदारी गरेपछि स्कटल्यान्डको स्कोर हेर्नलायक बनेको हो । नवौं नम्बरमा ब्याटिङ गरेका मेन ६४ रन बनाई अविजित रहे । उनले ५७ बल खेली ७ चौका र १ छक्का प्रहार गरे । मेनले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाएका हुन् । ताहिर ४३ रन बनाई ७ रनमा अन्तिम खेलाडीको रुपमा आउट भए । मार्क वाटले १७ रन बनाए ।

    सोमपाल कामी र आदिल अलामले उत्कृष्ट बलिङ गरे । सोमपालले १० ओभरमा ४३ र आदिलले १० ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ३/३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३५ रन खर्चेर २ विकेट लिए । करण केसी र दीपेन्द्रको नाममा १/१ विकेट रहयो ।

    नेपालले १० मध्येको ७ विकेट विकेटकिपरको पछाडिको क्षेत्रमा लिएको थियो । कुशल भुर्तेलले ४ क्याच लिए । उनी एकदिवसीय अन्तर्राष्ट्रियमा एकै खेलमा सर्वाधिक क्याच लिने सुचिमा संयुक्त दोस्रो नम्बरमा आए । दक्षिण अफ्रिकाका जोन्डी रोड्सले १९९३ मा वेस्ट इन्डिजविरुद्ध हिरो कपमा एकै खेलमा ५ क्याच लिएका थिए । कुशलबाहेक अन्य ४४ अवसरमा एकै खेलमा ४ क्याच लिएको कीर्तिमान छ ।

    लिग २ मा आफ्नो पाँचौं शृंखला खेलिरहेको नेपाल सोमबार नामिबियासँग ४० रनले पराजित भएको थियो । स्कटल्यान्डले आइतबार शृंखलाको पहिलो खेलमा नामिबियालाई ७७ रनले पराजित गरेको थियो । स्कटल्यान्ड २२ खेलमा ३० अंकसहित दोस्रो स्थानमा छ । नेपाल १८ खेलमा १७ अंकसहित सात राष्ट्र सहभागी लिग २ को अंक तालिकामा पाँचौं स्थानमा उक्लेको छ । नामिबियाको १६ खेलमा १६ अंक छ ।

    समान ३६ खेल खेलेपछि लिग २ को शीर्ष ३ मा पर्ने टोलीले २०२३ को जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छ । शीर्ष ३ सँगैं लिग २ को चौथो र पाँचौं स्थानमा रहने टोलीले अर्को चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २७ गतेको राशिफल

    आज मंसिर २७, २०८२ (डिसेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न कति जनाले निःशुल्क सेवा लिए

    कुवेत– कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७५० जनाको लक्ष्य भए पनि २०० जनाले...

    निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

    कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन...

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...