News Portal

ज्यान मार्ने उद्योगमा प्रहरीले एक युवालाई पक्राउ गर्यो

हिमालीसंचार संवाददाता
४२५ पटक

काठमाडौं – काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ६ नयाँबस्ती एभरेष्ट पम्पसँगै रहेको ड्रिम हाउस नजिकै बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठले फोहोरको अनुगमन गर्ने क्रममा ठेकेदार सुवास घिसिङले फोहोरको बिषयलाई लिएर विवाद गरी एक्कासी बलराम श्रेष्ठलाई टाउकोमा मुक्का प्रहार गरी घाइते बनाएको उजुरीका आधारमा धिसिङलाई प्रहरीले पक्राउ गरेको छ।

नयाँबस्तीबाट खटिएको प्रहरी टोलीले (सुन मुन्द्रे) भनिने निज सुवास घिसिङलाई नियन्त्रणमा लिइएको हो । घिसिङ (सुन मुन्द्रे) लाई मुलुकी अपराध (सहिंता) ऐन, २०७४ को परिच्छेद-१२ को देहाय १८३ को ‘ज्यान मार्ने उद्योग गर्न नहुने’  कसूरमा काठमाडौं जिल्ला अदालतबाट दिन-३ को म्याद थप अनुमति लिई प्रहरी बृत्त, बौद्धबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...