News Portal

आज २०९ औं भानुजयन्ती, प्रधानमन्त्रीद्वारा माल्यार्पण

हिमालीसंचार संवाददाता
३११ पटक

काठमाडौं – आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात् २०९ औँ भानु जयन्ती हो। प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमबीच आदिकवि भानुभक्तको प्रतिमामा माल्यपर्ण गरेका छन्।

हरेक वर्ष भानु जयन्तीको अबसरमा काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गरिन्छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानमा आचार्यको प्रतिमामा माल्यार्पण गरेका हुन्।

भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम लगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ। १८७१ असार २९ गते (आजैका दिन) नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो। उनका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावतीदेवी हो।

पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो। भानु जयन्तीको अवसरमा गण्डकी प्रदेशले बुधबार सार्वजनिक विदा दिएको छ।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...