आज : २०२६-०९-२०, आइतबार

आज २०९ औं भानुजयन्ती, प्रधानमन्त्रीद्वारा माल्यार्पण

काठमाडौं – आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात् २०९ औँ भानु जयन्ती हो। प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमबीच आदिकवि भानुभक्तको प्रतिमामा माल्यपर्ण गरेका छन्।

हरेक वर्ष भानु जयन्तीको अबसरमा काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गरिन्छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानमा आचार्यको प्रतिमामा माल्यार्पण गरेका हुन्।

भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम लगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ। १८७१ असार २९ गते (आजैका दिन) नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो। उनका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावतीदेवी हो।

पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो। भानु जयन्तीको अवसरमा गण्डकी प्रदेशले बुधबार सार्वजनिक विदा दिएको छ।