News Portal

हतियार खरिद प्रकरण : एउटा पेस्तोलको मूल्य ८६ हजार

हिमालीसंचार संवाददाता
३०७ पटक

काठमाडौं – प्रहरी प्रधान कार्यालयले ८० करोडभन्दा बढी मूल्यको पेस्तोल र भिड नियन्त्रणमा आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढाएको छ। प्रहरीले खरिद गर्न लागेको इटालियन कम्पनीको बेरेटा–९ एमएम पेस्तोल हो । त्यसमा १४ राउण्ड गोली लाग्छ । एउटा पेस्तोल ८६ हजार रुपैयाँभन्दा बढी मूल्यको दरले प्रहरीले एक हजार वटा पेस्तोल खरिद गर्न लागेको हो।

इटालियन कम्पनीको बेरेटा पेस्तोल एक हजार थान सहितका हातहतियार र गोलीगठ्ठा खरिद प्रक्रियाका लागि राष्ट्र बैंकमार्फत एलसी (बैंक ग्यारेन्टी) खोल्ने चरणमा पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हतियार खरिद गर्न अर्थ मन्त्रालयले ८० करोडभन्दा बढी बजेट रकमान्तर गरेको छ । प्रहरी प्रधान कार्यालयले इटालियन कम्पनीको बेरेटा पेस्तोल एक हजार थानका अतिरिक्त अश्रुग्याँस सेल २५ हजार थान, सटगन एक हजार १५० थान, रबर गोली १० लाख थान र पेस्तोलको गोली ५ लाख थान खरिद गर्न लागेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए ।

प्रहरीले भिड नियन्त्रणमा आवश्यक अश्रुग्याँस सेल, सटगन र रबर गोली सहितका हातहतियार खरिद गर्न प्रहरी प्रधान कार्यालयले ६ वटा सप्लायर्स कम्पनीसँग सम्झौता गरेको छ । सुरक्षा सामरिक तथा प्रतिरक्षा कार्यविधि–०७५ अनुसार आर्थिक वर्षको सुरुमा सूचीकरण भएका फर्मलाई मात्रै हतियार खरिदको ठेक्का दिने कानूनी व्यवस्था छ ।

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...