News Portal

  • हतियार खरिद प्रकरण : एउटा पेस्तोलको मूल्य ८६ हजार

    हिमालीसंचार संवाददाता
    २६५ पटक

    काठमाडौं – प्रहरी प्रधान कार्यालयले ८० करोडभन्दा बढी मूल्यको पेस्तोल र भिड नियन्त्रणमा आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढाएको छ। प्रहरीले खरिद गर्न लागेको इटालियन कम्पनीको बेरेटा–९ एमएम पेस्तोल हो । त्यसमा १४ राउण्ड गोली लाग्छ । एउटा पेस्तोल ८६ हजार रुपैयाँभन्दा बढी मूल्यको दरले प्रहरीले एक हजार वटा पेस्तोल खरिद गर्न लागेको हो।

    इटालियन कम्पनीको बेरेटा पेस्तोल एक हजार थान सहितका हातहतियार र गोलीगठ्ठा खरिद प्रक्रियाका लागि राष्ट्र बैंकमार्फत एलसी (बैंक ग्यारेन्टी) खोल्ने चरणमा पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    हतियार खरिद गर्न अर्थ मन्त्रालयले ८० करोडभन्दा बढी बजेट रकमान्तर गरेको छ । प्रहरी प्रधान कार्यालयले इटालियन कम्पनीको बेरेटा पेस्तोल एक हजार थानका अतिरिक्त अश्रुग्याँस सेल २५ हजार थान, सटगन एक हजार १५० थान, रबर गोली १० लाख थान र पेस्तोलको गोली ५ लाख थान खरिद गर्न लागेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए ।

    प्रहरीले भिड नियन्त्रणमा आवश्यक अश्रुग्याँस सेल, सटगन र रबर गोली सहितका हातहतियार खरिद गर्न प्रहरी प्रधान कार्यालयले ६ वटा सप्लायर्स कम्पनीसँग सम्झौता गरेको छ । सुरक्षा सामरिक तथा प्रतिरक्षा कार्यविधि–०७५ अनुसार आर्थिक वर्षको सुरुमा सूचीकरण भएका फर्मलाई मात्रै हतियार खरिदको ठेक्का दिने कानूनी व्यवस्था छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...