News Portal

  • अब फोटो सहितको मतदाता नामावली दर्ता अनलाइनबाट नै दिन सकिन्छ: आयोग

    हिमालीसंचार संवाददाता
    ३४२ पटक

    काठमाडौं – निर्वाचन आयोगले आजबाट फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइन माध्यमबाट नै फारम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी आयोगले web-based Voter list pre registration system तयार गरी पहिले काठमाडौ उपत्यकाका तीन जिल्लाहरु ललितपुर, भक्तपुर र काठमाडौंबाट आज २०७९ असार २९ गतेबाट शुरु गर्ने गरी आयोगले हिजो २८ गते निर्णय गरेको हो।

    आयोगले संकलन गरेको फोटो सहितको नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फारम भर्न चाहेमा निर्वाचन आयोग नेपालको वेवसाईट www.election.gov.nep मा गई व्याक्तिगत विवरण भरि जिल्ला निर्वाचन आयोग कार्यालय हाललाई उपत्यकाका तीन जिल्लामा अनलाइनबाट पेश गर्न सकिने आयोगले जनाएको छ। 

    अनलाइन फारममा उल्लेखित संकेत नम्बर सहितको प्रिन्टकपी र आवश्यक अन्य प्रमाण कागज लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पुग्नु पर्ने जनाएको छ। निर्वाचन कार्यालयहरुमा भिडभाड र ढिलासुस्ती भएको भन्दै आयोगले मतदाताको सहजिकरणको लागि यस्तो व्यवस्था उपलब्ध गराएको हो।

    अनलाइन फारम भरेपनि उक्त व्यक्तिगत विवरणको प्रिन्ट र आवश्यक कागजात लिएर औंठा छाप दिन भने निर्वाचन आयोगको कार्यालयमा स्वयम उपस्थित हुनुपर्ने आयोगले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...