News Portal

केटीको विषयमा छुरा प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गर्यो

हिमालीसंचार संवाददाता
२८६ पटक

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ थलीमा एक युवकमाथि छुरा प्रहार भएको छ । असार २५ गते राति थली स्थित पिपलबोटमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका घर भएका राजन श्रेष्ठलाई छुरा प्रहार गरेको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ गरेका सिन्धुपाल्चोकको लिसंखुपाखर–८ घर भई थली बस्ने २७ वर्षीय दीपेश शाक्य छन् । आफ्नो केटी साथीलाई राजनले आँखा लगाएको विषयमा विवाद हुँदा दीपेशले छुरा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।   

ती युवकले छुरा प्रहार गरेको १८ घण्टाभित्र आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए । छुरा प्रहारबाट राजनको पेटमा गहिरो चोट लागेको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यी युवक दुई जनाले सँगै मदिरा सेवन गरेको र विवादपछि दीपेशले डेराबाट छुरा ल्याएर हानेको प्रारम्भीक अनुसन्धानमा भनिएको छ । प्रहरी वृत्त बौद्धले आरोपीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ । 

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...