
रविन्द्र बराल/मोरङ – मोरङ जिल्लाको इलाका प्रहरी कार्यालय रंगेलीले स्थापना गरेको ट्राफिक प्रहरी विटका ट्राफिक प्रहरी सहायक प्रमुख पदमा बढुवा भएसंगै महेन्द्र यादवको सरूवा भएको छ।
रंगेलीमा एक कार्यक्रमको आयोजना गर्दे इलाका प्रहरी रंगेलीका प्रहरी निरीक्षक शौलेश न्यौपानेले यादवलाई सम्ममान स्वरुप दोसल्ला ओढाएर विदाई गरेका छन । बिगत १७ महिनादेखि रंगेलीमा कार्यरत यादवलाई रंगेली नगर युवा क्लब, श्री रंगेली काली मन्दिर ऑटो रिक्शा समुहले समेत सम्मान गर्दै विदाई गरेको थिए । उनी ट्राफिक असईमा बढुवा भएपछि उनलाई काठमाडौं सरुवा गरिएको हो ।