News Portal

  • प्रदेश १ को नामकरण पहिचानको आधारमा नामाकरण नगरे आन्दोलन गर्ने महासंघको चेतावनी

    हिमालीसंचार संवाददाता
    १५२७ पटक

    काठमाडौं – नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नामकरण पहिचानको आधारमा नामाकरण नगरे सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रदेशसभाले यसै अधिवेशनबाट प्रदेशको नामकरण गर्ने तयारी थालेसँगै नामकरणको विषयले प्रदेश १ को राजनीति तातिएको समयमा महासंघले यस्तो चेतावनी दिएको हो ।

    महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले विज्ञप्ति जारी गर्दै नेपाल आदिवासी जनजातिको पहिचान विपरीत प्रदेश नं. १ को नामाकरण गर्ने दुष्प्रयास भइरहेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । यस अघि किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिद्वारा “किरात प्रदेश” नामाकरणका लागि २५ लाख हस्ताक्षर संकलन गरि सम्बन्धित निकाय समक्ष हस्तान्त्रण गरिएको थियो। 

    अध्यक्ष शेर्पाद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘आदिवासी जनजातिको अपेक्षा र अनुरोधलाई बेवास्ता गरी पहिचानको मूल भावनालाई सम्बोधन नगरी आदिवासीय पहिचान विपरीत प्रदेश नं. १ को नामाकरण गर्ने दुष्प्रयास भएमा त्यसविरुद्ध नेपाल आदिवासी जनजाति महासंघले सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिन्छौँ ।’

    प्रदेश नं. १ को ऐतिहासिक थाकथलो, भाषा, संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी नामाकरण हुनुपर्नेमा त्यसविपरीत विभिन्न षडयन्त्र भइरहेको भन्दै महासंघले विज्ञप्तिमार्फत घोरभर्त्सना गरेको छ । प्रदेशको नामाकरण पहिचानको आधारमा नगरिए आन्दोलन गर्ने चेतावनी दिएको महासंघले पहिचानका आधारमा नामाकरणका लागि सरोकारवाला सबै पक्षसँग अपिलसमेत गरेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...