News Portal

प्रदेश १ को नामकरण पहिचानको आधारमा नामाकरण नगरे आन्दोलन गर्ने महासंघको चेतावनी

हिमालीसंचार संवाददाता
१५९६ पटक

काठमाडौं – नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नामकरण पहिचानको आधारमा नामाकरण नगरे सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रदेशसभाले यसै अधिवेशनबाट प्रदेशको नामकरण गर्ने तयारी थालेसँगै नामकरणको विषयले प्रदेश १ को राजनीति तातिएको समयमा महासंघले यस्तो चेतावनी दिएको हो ।

महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले विज्ञप्ति जारी गर्दै नेपाल आदिवासी जनजातिको पहिचान विपरीत प्रदेश नं. १ को नामाकरण गर्ने दुष्प्रयास भइरहेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । यस अघि किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिद्वारा “किरात प्रदेश” नामाकरणका लागि २५ लाख हस्ताक्षर संकलन गरि सम्बन्धित निकाय समक्ष हस्तान्त्रण गरिएको थियो। 

अध्यक्ष शेर्पाद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘आदिवासी जनजातिको अपेक्षा र अनुरोधलाई बेवास्ता गरी पहिचानको मूल भावनालाई सम्बोधन नगरी आदिवासीय पहिचान विपरीत प्रदेश नं. १ को नामाकरण गर्ने दुष्प्रयास भएमा त्यसविरुद्ध नेपाल आदिवासी जनजाति महासंघले सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिन्छौँ ।’

प्रदेश नं. १ को ऐतिहासिक थाकथलो, भाषा, संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी नामाकरण हुनुपर्नेमा त्यसविपरीत विभिन्न षडयन्त्र भइरहेको भन्दै महासंघले विज्ञप्तिमार्फत घोरभर्त्सना गरेको छ । प्रदेशको नामाकरण पहिचानको आधारमा नगरिए आन्दोलन गर्ने चेतावनी दिएको महासंघले पहिचानका आधारमा नामाकरणका लागि सरोकारवाला सबै पक्षसँग अपिलसमेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...