News Portal

  • धरानको मेयर राईको प्रश्न: यो क्षेत्रका जनप्रतिनिधिहरु ज्युँदैछन कि मरिसके?

    हिमालीसंचार संवाददाता
    २४२५३ पटक

    धरान – धरान उपमहानगरपालिका धरानका नगर प्रमुख हर्कराज राईले नेपालको तुइन समस्या समाधानमा जनप्रतिनिधि गम्भिर नभएकोप्रति कडा प्रश्न गरेका छन्। उनले सामाजिक संजाल फेसबुक पेज मार्फत सम्बन्धित जनप्रतिनिहरुलाई लक्षित प्रश्न गरेका हुन्।

    धरानका नगर प्रमुख राईले तुइन समस्या सर्वसाधारणको बाध्यता देखाउदै एक तस्विर सार्वजनिक गर्दै उनले यस विषयमा कडा आपत्ती जनाएका हुन् ।

    उनी लेख्छन् ‘यो क्षेत्रका जनप्रतिनिधिहरु ज्युँदैछन कि मरिसके? बेस्सरी गाली गर्नु मन लाग्छ यस्तो देख्दा, तर के गर्नु फेरि कुल्ली मेयर भनेर नाम पाएको छु । त्यसमा अराजक कुल्ली मेयर भनेर संशोधन होला भन्ने पिर !’

    उनले सार्वजनिक गरेका फोटोमा एक महिला बर्षे भेल ठुलो खोलामाथि तुइनमा झुडिएर जोखिमपूर्ण यात्रा गरिरहेको देखिन्छ । विशेष गरी नेपालको सुदुरपश्चिम र कर्णालीका जनतामा तुइनमा यात्रा गर्न बाध्य छन् । लामोसमय यही मुद्धालाई चुनाव नारा बनाएका नेताहरुले चुनाव जितिसकेपछि वेवास्ता गर्दै आएका छन्।  

    यो तुईन विस्थपन नहुदा बर्षेनी निर्दोष जनताले अनाहकमा सर्वसाधरणहरुले ज्यान गुमाउनु परिरहेको छ। तुइन समस्यामाथि राज्यको गम्भीरता देखिदैन। नेपालबाट तुइन विस्थापन गर्नका लागि विभिन्न समयमा आवाज उठे पनी दीर्धकालिन समस्य समाधान हुन सकेको छैन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...