
काठमाडौं – किरात राई यायोक्खा केन्द्रिय कार्यसमिति काठमाडौले भारत सिक्किमका पूर्व मुख्यमन्त्री डा. पवन चाम्लिङलाई एक कार्यक्रमको आयोजना गरी विशेष सम्मान गरेको छ।
भारतका सिक्किम राज्यमा निरन्तर २५ बर्षसम्म मुख्यमन्त्री निर्वाचित भएर इतिहास नै कायम गरेका मुख्यमन्त्रको रुपमा लामोसमय सरकार संचालन गरेका चाम्लिङ एक कुशल तथा लोकप्रिय राजनीतिककर्मी, विकास प्रेमी नेता, आधुनिक सिक्किमका निर्माता, कवि तथा साहित्यकार चाम्लिङलाई डा. डिल्ली रमण रेग्मी अन्तिराष्ट्रिय शान्ति पुरस्कारद्वारा सम्मानित गरिएको चाम्लिङलाई काठमाडौ स्थित किराया केन्द्रिय कार्यसमितिले सम्मान गरेको हो।
किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिका कोषाध्यक्ष देवान राईका अनुसार भारत सिक्किमका पूर्व मुख्यमन्त्री चाम्लिङलाई आफ्नै भवनमा स्वागत तथा बधाई कार्यक्रम आयोजना गरी सम्मान गरेको बताए। किराया केन्द्रिय कोषध्यक्ष राईले वहाँको गरिमामय उपस्थितिको लागि हार्दिक आभार ब्याक्त गरेका थिए।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
