
काठमाडौं – पूर्व मन्त्री कृपासुर शेर्पा सवार गाडि सिन्धुलीको भिमानमा दुर्घटना भएको छ। पूर्व मन्त्री शेर्पा सहित माननीय गोकुल धर्ती, माननीय पेम्बा भोटे र देवराज राई सवार गाडी दुर्घटना भएको हो। धाइते सबै खतरा मुक्त रहेपनी थप उपचारका लागि काठमाडौ पठाउने तयारी भइरहेको छ।
धनकुटा जिल्लाको भेडेटारमा भोली हुन लागेको लोकतान्त्रिक आदिवासी जनजाती महासंघ प्रदेश न. १ को विस्तारित बैठकमा सहभागी हुन जाने क्रममा सिन्धुलीको भिमानमा गाडि दुर्घटना भएको हो। धनकुटाको भेडेटारमा हुन लागेको उक्त कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।
दुर्घटनामा घाइते भएका जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ। दुर्घटना धाइते सबैको अबस्था सामान्य रहेपनी थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौं पठाउने तयारी भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उप प्रमुख विनादेवि राईले जानकारी दिइन्।