News Portal

  • भारतको सिलिगुडीदेखि काठमाडौंसम्म बस सेवा सुरु

    हिमालीसंचार संवाददाता
    १८९ पटक

    काठमाडौं – भारतको सिलिगुडीदेखि नेपालको काठमाडौंसम्म बस सेवा सञ्चालनमा आएको छ। नेपाल–भारतबीच सन् २०१४ मा भएको नेपाल–भारत मैत्री सेवा सम्झौताअनुरूप बस सेवा सुरु भएको हो ।

    सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको समयमा नेपाल र भारतबीच सिधा सम्बन्ध जोड्नका लागि नेपाल र भारतका प्रमुख सहरबाट सिधा बस सेवा सञ्चालन गर्न सम्झौता भएको थियो। सोही सम्झौता अनुरुप नेपाल भारत पस सेवा संचालन भएको हो।

    भारतको पश्चिम बंगाल सरकारको सरकारी बस सेवा प्रदायक कम्पनी (एनबीएसटीसी) नर्थ बंगाल स्टेट ट्रान्सपोर्ट कर्पोरेसनको मातहतमा रहने गरी अर्बान परिवहन सर्भिस प्रालिले भारतीय नम्बर प्लेटको सवारी साधनबाट सिलिगुडी–काठमाडौं बस सेवा सुरु गरेको हो। ग्रिनलाइन कम्पनीको एसीजडित सुविधासम्पन्न डब्लु बी २५ के २९४९ नम्बरको बसले सेवा सञ्चालन गरेको जनाएको छ।

    यसअघि नेपाल–भारतमैत्री बस सेवा सञ्चालन अन्तर्गत नेपाली नम्बर प्लेटको सवारीसाधनले निरन्तर सेवा प्रदान गरिरहेको छ। भारतीय नम्बर प्लेटको सवारी साधनले बुधबारबाट सुरु गरेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) १ नम्बर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले बताए । सिलिगुडीबाट काँकरभिट्टा पुगेको बसका चालक, सहचालक, परिचालकसहित यात्रुहरुलाई पूर्वीनाकाबाट नेपाली ढाकाको टोपी र खादासहित यात्रा सफलताको शुभकामना दिएको थियो । नेपालको पर्यटकीय तथा धार्मिक महत्व बोकेको ऐतिहासिक सहर काठमाडौंमा सिलिगुडीबाट सिधै बस प्रवेश हुनु आपसी सम्बन्ध राम्रो हुनु र यात्रु लाभान्वित हुनु हो।

    मेची नगर वडा नम्बर—६ का वडाध्यक्ष ललितकुमार तामाङले दुई देशबीच मैत्रीपूर्ण बस सेवा सञ्चालन एक कोसेढुंगा सावित हुने भन्दै आफ्नो तर्फबाट आवश्यक सबै सहयोग गर्न तत्पर रहेको बताए । भारतका पर्यटक नेपाल आउन र नेपालका पर्यटक भारतसम्म जान अब निकै सहज हुनेछ ।

    सीमामा आउजाउ गर्ने मानिसले भोग्दै आएका समस्या पनि बस सेवाले केही कम हुने नाटाका अध्यक्ष श्रेष्ठले बताए । भारतको आसाम, मेघालयदेखिका यात्रुहरुले समेत यो सवारीसाधन प्रयोग गर्न सक्ने र सहज रुपमा यात्रा गर्न सक्ने उहाँको भनाइ छ । मैत्री बस सेवा सुरु भएपछि दुवै देशका यात्रुहरूलाई लाभ मिल्नेछ । यसका साथै सीमा क्षेत्रमा लुटिने समस्याको समेत अन्त्य हुने अपेक्षा गरिएको छ ।

    तेन्जिङ नोर्गे सिलिगुडी बस टर्मिनलबाट साढे २ बजे बस काठमाडौंका लागि छुटेको हो । यात्रु क्षमता ४२ भए पनि बसमा २२ जना यात्रु मात्र थिए । सातै दिन बसले सेवा दिने छ । सिलिगुडीदेखि काठमाडौंको ६ सय ४५ किलोमिटर यात्रा गर्न बसमा करिब १७ घण्टा लाग्छ । त्यसका लागि यात्रुले १ हजार ५ सय भारु वा २ हजार ४ सय नेपाली रुपैयाँ भाडा तिर्नुपर्छ ।

    यसअघि दिल्ली–काठमाडौं मैत्री बस सेवा सन् २०१४ को नोभेम्बर २५ बाट सुरु भएको थियो । नेपाल र भारत दुवै सरकारको पहलमा संयुक्त रूपमा दिल्ली–काठमाडौं–दिल्ली बस सेवा सञ्चालन गरिएको थियो । नेपालका तर्फबाट मञ्जुश्री यातायातले तीन दिन तथा भारतका तर्फबाट दिल्ली सरकारको डीटीसीले तीन दिन बस चलाउने गरेको थियो । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...