News Portal

खोटाङमा दलित महिला सदस्य मृत फेला, थप अनुसन्धान जारी

हिमालीसंचार संवाददाता
३४६ पटक

खोटाङ – खोटाङ जिल्लाको रावाबेँसी गाउँपालिका वडा नं. ३ लामीडाँडाकी ३० बर्षीय दलित महिला सदस्य मेनुजा विश्वकर्मा मृत फेला परेकी छन्। गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित विश्वकर्मा आज बिहान मृत फेला परेकी हुन् ।

माइतीतर्फका हजुरबुवाको मृत्यु भएपछि मङ्गलबार माइतीघर पुगेकी उनी झुण्डिएको अवस्थामा मृत फेला परेको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए। मेनुजा ७२० मत ल्याएर दलित महिला सदस्यमा दोस्रोपटक विजयी भएकी थिइन्। स्नातक तह उत्तीर्ण गरेकी उनी गाउँ कार्यपालिका सदस्यमा पनि विजयी भएकी थिइन्।

नेपाली कांग्रेस लामीडाँडाका वडा सभापतिसमेत रहेकी मेनुजाकी दुई छोरी छन्। उनका श्रीमान् भूपेन्द्र वैदेशिक रोजगारीका सिलसिलामा दुबई रहेको पारिवारिक स्रोतले जनाएको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...